कैलालीमा राईस मिलको पट्टामा बेरिएर एकको मृत्यु - Himal Post Himal Post
  • २० असार २०८३, शनिबार
  •      Sat Jul 4 2026
Logo

कैलालीमा राईस मिलको पट्टामा बेरिएर एकको मृत्यु



कैलाली ।  मिलको पट्टामा बेरिएर कैलालीको लम्कीमा सोमबार एक जनाको मृत्यु भएको छ। टेकबहादुर थापाले लम्कीचुहा नगरपालिका १ लम्कीमा सञ्चालन गरेको नविन राईस एण्ड फ्लोर मिलमा मिस्त्रीको काम गदै आएका जानकी गाउपालीका ५ अमौरीका दिलबहादुर थारुको मृत्यु भएको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ।

सोमबार बिहान धान कुटानी गरी रहेको अवस्थामा मिलको ट्टामा थारुले लगाएको सट बेरीए पछि दृर्घटना भएको हो। मिल सञ्चालक थापाले घटना भएको थाहा पाउदासाथ उद्दार गरेर नजिकैको सितल मेडिकलमा पुर्याउदा थारुको मृत्यु भैसकेको बताइएको छ। मृतक थारुको शव पोष्टमार्टमका लागि टीकापुर अस्पताल लगिएको छ। – शुदुरखबर बाट