ब्रेकिङ्ग : कैलालीको गौरीगंगा नगरपालिका- ९ मा बस दुर्घटना - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

ब्रेकिङ्ग : कैलालीको गौरीगंगा नगरपालिका- ९ मा बस दुर्घटना



विशाल पाण्डेय / सुखड , कैलाली ।

कैलालीको गौरिगंगा नगरपालिका वडा नं ९ शंखरपुरमा बस दुर्घटना भएको छ ।

महेन्द्रनगरबाट बिरगंज तर्फ जाँदै गरेको ना ४ ख ५३१७ नं को बस दुर्घटना भएको हो । बस मा करिब १८ जना जति यात्रु सवार रहेको र १६ जना सामान्य घाइते भएका र १ जनाको टाउकोमा चोट लागेको कारणले अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यलय सुखडका प्रमुख कर्ण सिंह कार्कीले हिमाल पोस्टलाई जानकारी दिनु भयो ।

घाइतेको घोडाघोडी अस्पतालमा उपचार भइरहेको र चालक , सहचालक भने फरार रहेको कार्कीले जानकारी दिनुभयो । बस बाटो बाट दुई भल्ड्याङ्ग खाएको छ र दुर्घटना के कारणले भयो भन्ने अनुसन्धान भइरहेको कार्किले बताउनु भयो ।