कैलालीको मध्य क्षेत्रको शैक्षिक केन्द्र बन्दै घोडाघोडी बहुमुखी क्याम्पस
ललित जाग्री / सुखड,कैलाली ।
कैलाली जिल्लाको मध्यवर्ति क्षेत्र घोडाघोडी नगरपालिका -१ सुखडमा रहेको घोडाघोडी बहुमुखी क्याम्पसले छोटो समय मै जिल्लाको मध्य क्षेत्रको शैक्षिक क्षेत्रमा आफ्नो छुटै पहिचान दिन सफल भएको छ । यस क्षेत्रमा उच्च शिक्षाका आवश्यकता पुरा गराउनका लागि यहाँका शिक्षाप्रेमीप्रेमी, बुद्घिजिबी, समाजसेवी, राजनैतिक दल, शिक्षक कर्मचारी, ब्यापारी बर्ग र स्थानिय सर्वसाधारण जनसमुदायहरुको सक्रियतामा वि.स.२०६२ सालमा स्थापना गरिएको घोडाघोडी बहुमुखी क्याम्पस यस क्षेत्रको शैक्षिक केन्द्र बन्दै गएकोे छ ।
वि.स. २०६२ सालमा दुर्गा प्रसाद ओझाको नेतृत्वमा क्याम्पस संचालनका लागि संचालक समिति निर्माण गरी दुर्गा प्रसाद ओझा कै समितिले त्रिभुवन विश्व विद्यालय बाट क्याम्पसको सम्बन्धन प्राप्त गर्न सफल भएको हो ।तत्कालिन समयमा यस क्षेत्रमा उच्च शिक्षाको सुरुवात गर्नु निकै चुनौतिपुर्ण कार्य थियो । स्थापना कालको प्रारम्भिक बर्षमा राष्ट्रिय माध्यमिक विद्यालयको हाता भित्र पठनपाठन कार्य संचालन आएको थियो ।
वि.स. २०६४ साल देखि क्याम्पसले आफ्नै भवनमा नियमित रुपमा पठनपाठन कार्य संचालन आएको थियो । यस क्याम्पसमा विभिन्न समयमा निर्वाचित भएका क्याम्पस संचालन समितिले क्याम्पसको विकासका लागि महत्वपुर्ण भुमिका खेल्दै आएका थिए । क्याम्पसको स्थापना कालमा संस्थापक क्याम्पस प्रमुखका रुपमा दिपक राज जोशी (२०६२-२०६७) सम्म, दोस्रो क्याम्पस प्रमुखका रुपमा लक्ष्मी प्रसाद भट्टरार्ईले (२०६७-२०७३) सम्म क्याम्पसको विकासका लागि महत्वपुर्ण भुमिका निर्वाह गरेका हुन् । त्यस पछि तेस्रो क्याम्पस प्रमुखका रुपमा २०७३ देखी हाल सम्म दिनेश राज जोशीले क्याम्पसको विकासका लागि महत्वपुर्ण भुमिका निर्वाह गर्दै आएका छन् ।
घोडाघोडी बहुमखी क्याम्पसले वि.स. २०६२ सालको स्थापना कालमा त्रिभुवन विश्व विद्यालय बाट ३ बर्षे बि.एड कार्यक्रमको मात्रै सम्बन्ध प्राप्त गरी पठनपाठन संचालन गरेको थियो । वि.स.२०६४ सालमा मानविकी र ब्यवस्थापन संकाय, माध्यमिक शिक्षाका कार्यक्रम र वि.स.२०७० मा स्नाकोत्तर तहमा समाजशास्त्र एम.बि.एस कार्यक्रम संचालनको अवसर समेत प्राप्त ग¥यो । त्यस्तै शैक्षिक बर्ष २०७४/०७५ देखी स्नातक तहमा समाज कार्य, आमसंचार तथा पत्रकारिता र अर्थशास्त्र बिषयमा समेत अध्ययन गराउदै आएको छ । वि.स.२०६२ सालमा जम्मा ७५ जना विद्यार्थीहरु बाट सुरु पठनपाठन गरिएको क्याम्पसमा अहिले विभिन्न तह तथा संकायहरु गरी १८ सय विद्यार्थीहरु अध्ययनरत छन् ।
यस क्याम्पसमा लामो शिक्षण बोकेका, तालिम प्राप्त अध्यापकहरु अध्यपन गरिहेका छन् । हाल यस क्यामपसमा जम्मा ४१ जनशक्तिहरु छन् । यस क्याम्पसमा जम्मा २८ ओटा सुविधा सम्पन्न भवनहरु पनि छन् भने पुस्तकालयको पनि राम्रो व्यवस्था समेत रहेको छ । यस घोडाघोडी क्याम्पसमा जिल्लाको पुर्व गुलरा र पश्चिम राजीपुर बाट समेत उज्वल भविष्यका लागि विद्यार्थीहरु आउने गरेका छन् । टाढाका विद्यार्थीहरुका लागि क्याम्पसले न्युनतम शुल्कमा २ ओटा सुविधायुक्त बसको ब्यबस्था पनि गरेको छ ।