कैलालीको घोडाघोडी बहुमुखी क्याम्पसमा ल्यापटप बितरण - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

कैलालीको घोडाघोडी बहुमुखी क्याम्पसमा ल्यापटप बितरण



विशाल पाण्डेय / सुखड , कैलाली ।।

कैलालीको घोडाघोडी नगरपालिका १ सुखडमा रहेको घोडाघोडी बहुमुखी क्याम्पसमा ल्यापटप बितरण गरिएको छ ।

विश्व विद्यालय अनुदान आयोगले उच्च शिक्षा सुधार परियोजनाको पुरक अनुदानमा क्याम्पसको गुणस्तर बिकासका लागि क्याम्पसका प्राध्यापकहरुलाई १७ थान ल्यापटप बितरण गरिएको खरिद समितिका अध्यक्ष भानुभक्त आचार्यले जानकारी दिनु भयो ।

ल्यापटप बितरण कार्यक्रममा क्याम्पस सञ्चालक समितिका अध्यक्ष बलिभद्र सापकोटा , क्याम्पस प्रमुख दिनेश राज जोशी , संचालक समितिका सदस्यहरु अमर खत्री , शितल नाथ , साबित्रा भट्टराई ,स्ववियु सभापति जिबन बिसि तथा क्याम्पसका प्राध्यापकहरुको उपस्थिति रहेको थियो ।