कैलालीको भजनीका बाढीपीडित किसानहरुले अझै पाएनन् राहत - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

कैलालीको भजनीका बाढीपीडित किसानहरुले अझै पाएनन् राहत



सुखड ,कैलाली ।। कैलालीको भजनीका बाढीपीडित किसानहरु हालसम्ममा पनि बाढी पीडित राहत कार्यक्रमबाट वञ्चित रहेका छन् ।जील्लाका तीन हजार ३३७ किसानमध्ये सबैभन्दा बढी भजनी क्षेत्रबाट दुई हजार किसान वाढि पिडीत छन् । सरकाले प्रदान गर्ने राहत अझै पाउन नसकेको उनिहरुले बताएका छन् ।

स्थानिय तहबाट गर्न सकिने सहयोग गर्न पहल गरिरहेको भजनी नगर प्रमुख शेर बहादुर चौधरीले बताउनु भयो ।सामान्य राहातका सामान वाढि आएकै समयमा पनि पिडीत सम्म पुर्‍याएको उहाले बताउनु भयो ।
सरकारले गृह मन्त्रालय मार्फत प्रति व्यत्ति ७० रुपया दिने निर्णय गरीएकामा भजनीका २ सय ३७ घरदुरीमा मात्र राहात पुगको बताउदै उहाँले बाकी अन्य हजारौ घरदुरी राहात बाट वञ्चीत रहेको  स्विकार गर्नु भयो ।

सरकारले प्रदान गर्ने राहत आफ्नो मातहतमा भएको भए अहिले सम्म वितरण भइसक्ने बताउदै उहाले सरकारले प्रदान गरेको राहात गृह मन्त्रालय मार्फत जिल्ला प्रसासनबाट आउने हुदा समयमै वितरण हुन नसकेको तर्क दिनु भयो । राहात सम्वन्धीत पिडीत समक्ष पुर्याउन पहल गरिरहेको उहाँको भनाई  छ । राहात वितरणको लागी वास्तविक पिडीत हो या होइन अहिले अनुगमन भइरहेको उहाले बताउनु भयो ।

वाढि पिडीतहरुका समस्या दिर्घकालिन रुपमा समाधान गर्न डुवान हुने ठाउका वस्तीहरुलाई सुरक्षीत ठाउमा सार्नपर्ने धारणा उहाले राख्नु भयो । वाढि पिडीत सोही ठाउमा बसीरहदा उच्च बाटो दिएर ,घर दिएर तथा राहातका सामाग्री बितरण गरेर पुर्ण रुपमा वाढि पिडीतका समस्या समाधान नहुने उहाको भनाई छ । यो विषमा राष्टीय रुपमै योजना बनाएर कार्यान्वयनमा ल्याउनु पर्नेमा भजनी नगर प्रमुख शेर बहादुर चौधरीले जोड दिनु भयो ।ढुवान तथा वाढी पिडीतका समस्या समाधान गर्न स्थानिय सरकार दिर्घकालिन योजनाका साथ अगाढी बढ्ने उहाले बताउनु भयो ।