कैलालीको बलियामा पेट्रोल छर्केर आगो लगाउनेहरु अझै पक्राउ परेनन् - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

कैलालीको बलियामा पेट्रोल छर्केर आगो लगाउनेहरु अझै पक्राउ परेनन्



रमित पाण्डे / लम्की,कैलाली ।
कैलालीको लम्कीचुहा नगरपालीका -४ बलीयामा गत फागुन २५ गते स्थानीय मान बहादुर चौधरीको एक खोका पसलमा भएको आगलागी घटनामा संलग्नको अझै पत्ता लाग्न सकेको छैन । गत फागुन २५ गत राति करीब ११ः१५ बजे अज्ञात समुहले पेेेट्रोल छर्केर आगो लगाउदा मान बहादुरको श्रीमति एक छोरा पोलीएका थिए । आग लागीबाट भौतिक क्षति नभए पनि मानबिय क्षति भएको छ ।

आगलागीबाट मान बहादुरकी श्रीमति र उनको छोराको शरीर पोलीएको र उनीहरुको बाँकेको नेपालगञ्जमा रहेको भेरी अञ्चल अस्पतालमा उपचार गरेर घर ल्याएपनि अझै सञ्चो हुन सकेको छैन । अहीले उपचार भईरहेपनि उठन बस्न हिडडुल गर्न अफ्ट्यारो भईरहेको छ ।

प्रहरीले अनुसन्धानमा लापरबाही गरि अनुसन्धान नगरेको मान बहादुको गुनासो छ । आफुले आगो लगाउने व्याक्तिको नाम भनिदिदा पनि प्रहरीले उनलाई समात्न नसकेको मान बहानुरको गुनासो छ ।

ईलाका प्रहरी कार्यलय लम्कीमा प्रमुख नैन बहादुर साउदले भने मान बहादुरले किटानी नदिएको र मौखिकले मात्र प्रयाप्त नहुने हुदा घटनाको बारेमा अनुसन्धान गर्न मुस्कील भएको बताउनु भएको थियो ।

श्रीमति र छोरा छोरी जलेर बिभत्स हुदा भेरी अञ्चलन अस्पतालमा उपचारका लागी मान बहादुरले लगेका थिए । आफु संग भएको थोरै पैसा र गाउँमा चन्दा संकलन गरी उपाचर गराए तर त्यहा पुरै उपाचार सम्भब नभए पछी डाक्टरको सल्लाह अनुसार काठमाडौं लगेका थिए । न्युन बर्गिय मानबहादुरले ऋणमै भए पनि पैसा लिएर उपचार गराई घर फर्किएका छन ।

श्रीमति र छोरा छोरी पुर्ण रुपमा निको भईसकेको छैन । उपचारमा लगेको ऋण अव कसरी तिर्ने हो भन्ने चिन्ताले पिरोलेको छ । तर यता ईलाका प्रहरी कार्यालय लम्कीका प्रहरी प्रमुख नैन बहादुर साउद भने सरुवा भईसक्नु भएको छ र उनको ठाँउमा सुरेन्द्र प्रसाद जोशि आउनु भएको छ । जोशिले भने थप अनुसन्धान गर्ने प्रतिकृया दिनु भयो ।