कैलाली होटेल व्यवसायी संघ टिकापुरको नव निर्वाचित पदाधिकारीहरुको पदस्थापना  - Himal Post Himal Post
  • २१ असार २०८३, आईतवार
  •      Sun Jul 5 2026
Logo

कैलाली होटेल व्यवसायी संघ टिकापुरको नव निर्वाचित पदाधिकारीहरुको पदस्थापना 



लिला जङ्ग शाही / बौनिया ।

कैलालीको टिकापुरमा कैलाली होटेल ब्यबसायी संघ टिकापुरको चौथो अधिबेशन बाट नब निर्बाचित
पधाधिकारीहरुलाई शपथ ग्रहण तथा पदस्थापना कार्यक्रम आज सम्पन्न भएको छ ।

नि बर्तमान अध्यक्ष बिरन्जन बटाला को सभापतित्वमा सम्पन्न भएको कार्यक्रम को प्रमुख अथिती संघ का  अध्यक्ष टिकाराम सुबेदी रहुनु भएको थियोे ।उपाध्यक्ष राम बहादुर कडेल को स्वागत मन्तब्य सङ्गै सुरु भएको कार्यक्रममा नि बर्तमान अध्यक्ष बिरमन्जन बटाला ,निर्वाचन समितीका संयोजक गणेश प्रसाद ओझा , नेपाल प्रत्रकार महासङ्घ प्रदेश सभासद लिलाजङ्ग शाही ,उपाध्यक्ष अमर भन्डारी ,सचीव रेबन्त साउद ,प्रत्रकार पदम सापकोटाले बधाई तथा शुभकामना मन्तव्य राख्नु भएको थियोे ।

नि बर्तमान अध्यक्ष बिरमन्जन बटालाले नब निर्वाचित  अध्यक्ष नरेन्द्र शाही लगायतलाई पदस्थापना गराउनु भएको थियोे । कार्यक्रम को संचालन महासचिव तेज ब बोहरा ले गर्नु भएको थियोे ।