कैलालीमा हाइसको ठक्करबाट महिलाको मृत्यु, राजमार्ग अवरुद्ध - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

कैलालीमा हाइसको ठक्करबाट महिलाको मृत्यु, राजमार्ग अवरुद्ध



विशाल पाण्डेय / कैलाली ।

कैलालीको राजीपुरमा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। गौरीगंगा नगरपालिका-४ राजिपुर चोकमा हाइसको ठक्करबाट सोही ठाउँकी ५० वर्षिया गौरी नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु भएपछि पुर्व पश्चिम् राजमार्ग अवरुद्ध भएको छ । सडक अवरुद्ध हुँदा लामो तथा छोटो दुरिको यातायात ठप्प भएको छ ।

धनगढीबाट नेपालगञ्ज गईरहेको बा ५ ख ४०३१ नम्वरको माईक्रोबसले उनलाई ठक्कर दिएपछि घटनास्थलमै नेपालीको मृत्यु भएको हो।

माईक्रोवस र चालक राजु गिरी भने प्रहरीको नियन्त्रणमा रहेको ईलाका प्रहरी कार्यालय चौमलाले जनाएको छ।