हेटौंडा र  कैलालीमा आज पनि बम भेटियो - सर्वसाधारणमा त्रास - Himal Post Himal Post
  • ९ श्रावण २०८३, शनिबार
  •      Sat Jul 25 2026
Logo

हेटौंडा र  कैलालीमा आज पनि बम भेटियो – सर्वसाधारणमा त्रास



काठमाडौं -नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीकाले आयोजना गरेको बन्द सफल पार्न सोमबार बन्दलाई सफल पार्न देशैभरिका विभिन्न ठाउँमा बम राखियो। सबै ठाउँमा राखिएका बम नेपाली सेनाले डिस्पोज गरेकाले कुनै मानवीय क्षति भने हुन पाएन।

तर बमको त्रास भने मंगलबार पनि जारी छ। मंगलबार बिहान मकवानपुरको हेटौंडा र  कैलालीको धनगढीमा बम भेटिएका खबर प्राप्त भएको छ।  हेटौंडा हटियास्थित शिवम् सिमेन्ट उद्योग नजिकै राखिएको बम नेपाली सेनाले डिस्पोज गरेको बताइएको छ ।

शिवम् सिमेन्टको उद्योग रहेको दक्षिणतर्फको पर्खाल छेउ बम फेला परेको थियो। बम नजिकै कुकरमा खतरा छ लेखिएको थियो।

उता सुदूरपश्चिमको राजधानीसमेत रहेको धनगढीस्थित मालपोत कार्यालयअघि पनि मंगलबार बिहान बम फेला परेको छ।

कैलाली प्रहरीका अनुसार बम नेपाली सेनाले डिस्पोज गरेको छ । बम कसले राखेको भन्ने नखुले पनि विप्लव समूहले राखेको हुन सक्ने प्रहरीको अनुमान छ।