पेस्तोल सहित कैलालीबाट तीनजना पक्राउ - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

पेस्तोल सहित कैलालीबाट तीनजना पक्राउ



कैलाली । कैलालीको धनगढी उपमहानगरपालिका—३ चटकपुरबाट चार थान पेस्तोल सहित तीनजना पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो सहित जिल्ला प्रहरी कार्यालयको टोलीले बुधवार साँझ चटकपुरमा एक घरबाट चार थान पेस्तोल, सुनका गहना सहित तीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका -६ जाईका सञ्जय राणाका नामले चिनिने सञ्जय राना सहित तीन जना भएको प्रहरी स्रोतले बताएको छ । उनीसंग राष्ट्र बैंकका नक्कली कागजात, किर्ते तमसुक, सुनका गहना पनि बरामद भएको प्रहरीले बतायो ।

मटियारी घर भएपनि उनको समूहले चटकपुरमा अर्काको घरमा भाडा लिएर अबैध गतिबिधि सञ्चालन गर्दै आएको जानकारी पाएपछि उनीहरुलाई पक्राउ गर्न केन्द्रीय अनुसन्धान व्युरोको टोली धनगढी आईपुगेको स्रोतले बताएको छ । घट्नाको बिस्तृत जानकारी बिहीबार पत्रकार सम्मेलन मार्फत बाहिर ल्याउने प्रहरीले जनाएको छ । प्रहरीले घट्नाका बारेमा अनुसन्धान भइरहेको बताएको छ ।