चुनावको मुखैमा कैलालीमा एमालेलाई ठूलो धक्का - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

चुनावको मुखैमा कैलालीमा एमालेलाई ठूलो धक्का



कैलालीमा नेकपा एमालेलाई ठूलो धक्का लागेको छ । स्थानीय तहको निर्वाचनमा अन्तरघात गरेको भन्दै पार्टीले कारबाही गरेका नेकपा एमाले कैलालीका निवर्तमान जिल्ला अध्यक्ष रतनबहादुर थापा नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका छन्।

एमालेका सुदूरपश्चिम प्रदेशसभा सदस्यसमेत रहेका थापासहित थुप्रै नेता नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेको यसका कैलाली जिल्ला अध्यक्ष कैलाश चौधरीले जानकारी दिए।

उनका अनुसार बिहीबार संघीय राजधानी काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा थापासहित एमाले पूर्वसांसद हिमाञ्चल भट्टराई, भूमिका चौधरी लगायतनेतालाई अध्यक्ष रञ्जिता श्रेष्ठले टीका लगाएर स्वागत गरेकी छन्।

०७८ पुसमा सम्पन्न एमाले कैलालीको अधिवेशनअन्तर्गत भएको चुनावमा रणबहादुर चन्दलाई ४ मतान्तरले हराउँदै थापा अध्यक्षमा विजयी भएका थिए। उनलाई स्थानीय तह निर्वाचनमा अन्तरघात गरेको आरोपमा एमालेले अध्यक्षबाट हटाएको थियो।

उनी एमालेबाट सुदूरपश्चिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने सांसद पनि थिए। थापा कैलाली निर्वाचन क्षेत्र नम्बर २ ९१० मा ०७४ सालमा एमालेबाट विजयी भएका थिए।