कैलालीमा करेन्ट लागेर दुई बालबालिकाको मृत्यु - Himal Post Himal Post
  • ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
Logo

कैलालीमा करेन्ट लागेर दुई बालबालिकाको मृत्यु



धनगढी उपमहानगरपालिका–३ मिलनचोकमा करेन्ट लागेर दुई बालबालिकाको मुत्यु भएको छ । स्थानीय पर्शुराम बाँनियाको घरमा पानी तान्ने मोटरको तारबाट करेन्ट लाग्दा उनका छोरा ५ वर्षीय आयुश र सोही घरमा डेरा गरी बस्ने कैलारी गाउँपालिका कोइलहीका छक्क चौधरीकी छोरी ५ वर्षीय अनामिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

करेन्ट लागेर घाइते दुवैको उपचारका क्रममा मृत्यु भएको डिएसपी दक्षकुमार बस्नेतले बताए । आयुशको धनगढीस्थित मायामेट्रो अस्पताल र अनामिकाको सेती अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बस्नेतले जानकारी दिए ।