कैलालीमा बसमा आगजनी, शङ्कास्पद बस्तु फेला - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

कैलालीमा बसमा आगजनी, शङ्कास्पद बस्तु फेला



विशाल पाण्डेय / सुखड,कैलाली । बन्दको अवज्ञा गरेको भन्दै विप्लव समूहले कैलालीमा एउटा बसमा आगजनी गरेका छन् ।

पुर्व पश्चिम् राजमार्ग अन्तरगत मसुरियाको बढैपुर जंगलमा राति पौने चार बजे म १ ख ४४१ नम्बरको बसमा आगजनी गरिएको प्रहरीले जनाएको छ । आगजनीबाट बस पूर्ण रूपमा क्षति भएको छ

यता घोडाघोडी नगरपालिका -२ साडेपानीमा पनि विप्लव समूहले ट्रक माथि तोडफोड गरेका छन् ।

हेटौडाबाट धनगढीको लागी छुटेको ना ७ ख ५४० नम्बरको माल बाहक ट्रक माथि राति ३ बजे तोडफोड गरिएको अस्थायी प्रहरी पोस्ट साडेपानीले जनाइएको छ ।
ट्रकको अगाडीको सिसा फुटे पनि अन्य भागमा कुनै क्षति नभएको प्रहरीले जनाएको छ ।

त्यस्तै घोडाघोडी नगरपालिका -२ साडेपानिमा नै शङ्कास्पद बस्तु फेला परेको छ । साडेपानिमा रहेको इलाका वन कार्यालय अगाडि शङ्कास्पद बस्तु फेला परेको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ ।

बोराको कपडाले बेरेको बियरको बोतल जस्तो देखिने शङ्कास्पद बस्तु फेला परेको प्रहरीले जनाएको छ । अहिले त्यस क्षेत्रको वरिपरि उच्च सतर्कता अपनाएको बताइएको छ ।