कैलाली र कञ्चनपुरमा फेरि आँधीहुरीको ताण्डव - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

कैलाली र कञ्चनपुरमा फेरि आँधीहुरीको ताण्डव



काठमाडौँ – कैलाली र कञ्चनपुर लगायतका ठाउँमा बुधबार बिहानदेखि आँधीहुरीले ताण्डव मच्चाएको छ । अचानक बिहानैदेखि आएको हावाहुरीले त्यहाँको जनजीवन प्रभावित बनेको बताइएको छ ।

प्रहरीका अनुसार बिहानैदेखि अचानक आँधीबेहरीसँगै वर्षा सुरु भएको छ । जनजीवन प्रभावित बनेको छ ।

यस अघि गत बिहीबार साँझको भीषण हावाहुरीका कारण कैलालीमा दुईजनाको मृत्यु भएको थियो भने सय भन्दा धेरै घाइते भएका थिए ।

बिहीबारको हुरीका कारण घरबारबिहिन भएकाहरु फेरि हुरी चलेपछि बिचल्लीमा परेका छन् । कैलालीका हुरी पीडितहरुले राहत पाउन सकेका छैनन् । फाइल तस्बिर