कहाँ गए अलमुताइरी र रोहित चन्द ? - Himal Post Himal Post
  • ९ श्रावण २०८३, शनिबार
  •      Sat Jul 25 2026
Logo

कहाँ गए अलमुताइरी र रोहित चन्द ?



काठमाडौं- साफ च्याम्पियनसिपमा उपविजेता बनेको राष्ट्रिय फुटबल टोली सोमबार बिहान स्वदेश फर्किएको छ।

टोलीका मुख्य प्रशिक्षक अब्दुल्ला अलमुताइरी र खेलाडी रोहित चन्द भने आएका छैनन्। प्रशिक्षक अलमुताइरीले राउन्ड रोविनको अन्तिम खेलबाट फाइनल पुगेपछि नेपाल नकर्फने बताएका थिए।

साफ च्याम्पियनसिपको झण्डै तीन दशक लामो इतिहासमा नेपाल पहिलोपटक फाइनल पुगेको थियो। माल्दिभ्समा भएको च्याम्पियनसिपको फाइनलमा नेपाल भारतसँग ३–० ले पराजित भएको हो। १३ औं संस्करणमा आइपुग्दा भारत आठौं पटक च्याम्पियन बनेको हो।

इन्डोनेसियाको पर्सिजा जाकार्ताबाट व्यावसायिक फुटबल खेल्दै आएका रोहित क्लबको जिम्मेवारीका लागि त्यसतर्फ गएका छन्। च्याम्पियनसिपमा भाग लिनका लागि पनि उनी इन्डोनेसियाबाट सीधै माल्दिभ्स पुगेका थिए।