काँचो मासु खाँदा १६ जना बिरामी - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

काँचो मासु खाँदा १६ जना बिरामी



डोटी : आदर्श गाउँपालिका १ मेलगडा गाउँमा विशाक्त काँचो मासु खाँदा १६ जना बिरामी परेका छन्। बिरामी हुनेमा ४० वर्षीया सतीदेवी खड्का, उनका छोरीहरू १४ वर्षीया पार्वती र ११ वर्षीया कल्पना, २७ वर्षीय प्रेम खड्का, उनकी श्रीमती २४ वर्षीया ईसरादेवी र छोरी तीन वर्षीया उर्मिला छन्।

यस्तै ३८ वर्षीय पदम खड्का, छोरा आठ वर्षीय रोशन खड्का, छोरी दुई वर्षीया एलिसा खड्का, २६ वर्षीय नवराज खड्का, उनकी बहिनी नौ वर्षीया सरस्वती, ५६ वर्षीया गोमादेवी खड्का पनि विषाक्त मासुका कारण बिरामी परेका छन्।

दिपायलस्थित शैलेश्वरी अस्पतालमा उनीरूको उपचार भइरहेको छ। बिरामीहरू खतरामुक्त रहेको शैलेश्वरी अस्पतालका निर्देशक आईजंक कुँवरले जानकारी दिए। सामान्य अवस्था रहेका ३५ वर्षीया मानी खड्का उनाका छोरा १३ वर्षीय नारद र छोरी १० वर्षीया अनिसा खड्का स्थानीय मेडिकलमा सामान्य उपचारपछि घर फर्किएका छन्। शनिबार दिउँसो सबै बसेर काँचो मासु खाने १६ जनामा समस्या आएको स्थानीय दिपक खड्काले जानकारी दिए।