कविताको खरिदबिक्री । - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

कविताको खरिदबिक्री ।



म यो जूनको साम्राज्यमा बसेर
लेखिरहेछु कल्पनामा
प्लास्टिक टिपिरहेको कलिलो माटोको
नमिठो कथा
ओ साहिँली दिदी
म लेखिरहेको छु तिम्रो च्यात्तिएको चोली/ फरियाको
सुन्दर छन्द्ध
मलाई मेरा अक्षरहरूमा उतार्नु छ तिम्रो योैवनको मेहक र बेच्नु छ बजारमा ।

म बसेर सोफामा
कल्पना गर्छु ढुङ्गाको सिरानी हालेर सुतिरहेको यो समयको
अहम भविष्य
लेख्छु .अकरे भिरको अनौठो रिदम
लेख्छु सुस्ताको छट्टपटाहाट
म यो एसीमा बसेर क्या अनौठो कल्पना गर्छु खाडीको
मलाई बेच्नु छ पहिलो घामको झुल्का र किन्नु छ
अजस्र झरीहरू
रुझ्नु छ बेपर्वाहा ।

म लेखिरहेछु सजिलै
हिमालको मुन्तिर गुराँस बेचिरहेकी
साननानीको बैँस
म लेखिरहेछु
यो सहरको अग्लो महलमा बसेर
गाउँको धर्मशालाको कविता
मलाई यो वाचन गर्नु छ
राष्ट्रिय कवि गोष्ठीमा र
हुनु छ पुरस्कृत।

 

पुष्कर विष्ट
सल्यान नेपाल ।