गरिब बाबु-छोराको वार्तालाप !(कविता ) - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

गरिब बाबु-छोराको वार्तालाप !(कविता )



– गरिब बाबु र छोरा बिचको वार्तालाप ! (छोरा विद्यालय जान मन लागेको कुरा आफ्नो आर्थिक स्थिति कमजोर भएको बाबुलाई भन्दछ। यसै सन्दर्भमा बुबा छोराको वार्तालाप यस कविताद्वारा प्रकाश पार्न खोजिएको छ ।)

१.बाबा म त पढ्छु अनि , धेरै पैसा कमाउँछु है !
गिट्टी कुटी चर्किएका , सुन्दर तिँ हात समाउँछु है !!
दसैँ आउँछ हरेक वर्ष , सुख सयल के भनु खोइ !
पढी लेखी सफलताको, चाडपर्व मनाउँछु है !

२.मन त छ नि छोरा तिमीलाई ठुलो मान्छे बनाउने
एक सरो छोरोसँग, ढाका टोपी मगाउने ।।
भन्छौ होला अक्सर तिमीले , खोटो भाग्य रैछ मेरो !
सोच्दा सोच्दै मुटु काँप्छ , जाडो आउँदा के लगाउने !

३.कर्म दिनुहोला बाबा , गर्छु असल काम म त
योग्य बन्ने प्रयास गर्छु , राख्छु ठुलो नाम म त
सम्झिने छु ममता, अनि डाट बाआमाको
हजुरहरूको पैतालामै, देख्छु चार धाम म त !

४.धनी गरिब जाती भेद, समाजको जहर बन्यो ।
राम्रो राम्रो लगाउने, मात्र हाम्रो रहर बन्यो ।
छोरा नाति खाडी जाँदा , घर आँगन सुनसान भए
यही गाउनै लख्खा जवान , देश पठाउने सहर बन्यो ।

५.छैन बाबा विदेशमा , पीडा हर्ने शास्त्र
शिक्ष्ानै हो गरिबिको , अटुट ब्रह्मास्त्र ।
पाठशाला मन्दिर मेरो , गुरु सबै भगवान् हुन्
असल मानिस बन्न पाए, चलाउँथ्यौ राष्ट्र ।

(बाबुले छोराको जिम्मेवारीपूर्ण दुई शब्द सुनेपछि । गहभरि आँसु झार्दै मनस्थिति बदलिएर गाउँको नजिकैको विद्यालयमा भर्ना गराई सकेर भन्नुहुन्छ )

६.सन्तानमै छ प्राण हाम्रो , पढ्नु ज्ञानी बन्नु बाबु।
भविष्यका सुन्दर पाटा, पौरखले खन्नु बाबु।
सधैँ माया गर्नु छोरा, आफ्नो मातृभूमिलाई
एकतामा विविधताको , मन्त्र सधैँ भन्नू बाबु ।।

-लेखक :दिब्यान्त जोशी / कैलाली ।