बालकृष्ण खाँणले भने : केपी ओली र सिके राउत उस्तै हुन् - Himal Post Himal Post
  • १० श्रावण २०८३, आईतवार
  •      Sun Jul 26 2026
Logo

बालकृष्ण खाँणले भने : केपी ओली र सिके राउत उस्तै हुन्



भैरहवा, भदौ २४ :

नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले एमाले अध्यक्ष केपी शर्मा ओली र सिके राउत उस्तै भएको बताएका छन्।

नेपाली कांग्रेस रुपन्देहीले शनिबार भैरहवामा गरेको बिपी कोइरालाको १०३ औँ जन्मजयन्ती तथा निर्वाचित जनप्रतिनिधिको सम्मान कार्यक्रममा खाँणले यस्तो आरोप लगाएका हुन् ।

ओली काठमाडौंमा बसेर तराईबासीलाई गाली गर्ने र राउतले तराईमा बसेर पहाडी हिमालीवासीलाई गाली गलौज गर्दै राष्ट्र बिखण्डनमा लागेको ले उनीहरु दुवैमा कुनै फरक नभएको आरोप खाणले लगाए ।

राष्ट्रियता कमजोर पार्दै बिखण्डनमा लाग्नेहरु राष्ट्रवादी हुनै नसक्ने जिकिर खाँणले  पनि गरेका छन् ।

‘उत्तरी सिमानामा समस्या आउँदा त्यहाँका बासिन्दा लडेका छन् भने दक्षिणमा समस्या पर्दा त्यहाँका बासिन्दा लडेका छन्। सबै नेपाली राष्ट्रियता बलियो बनाउन लागेका छन्ने, नेपालीको सम्मान र राष्ट्रियता बलियो बनाउनुको सट्टा यि दुबैका क्रियाकलाप र अभिव्यक्ति राष्ट्रहित विपरित छन् खाँणले भने ।

विदेशी दूतावासबाट चुनाव खर्च बुझेर छिमेकीलाई गाली गर्दै हिड्ने र निश्चित समुदायलाई अपहेलना गरी हिँड्दैमा राष्ट्रवादी हुन नसकिने उनले प्रस्ट्याए।

एमालेका कुन नेताले कुन दूतावासबाट चुनाव खर्च भन्दै कति लिएका छन् भन्ने जानकारी आफू रक्षा मन्त्री हुँदा थाहाँ पाएको भन्दै उनले यो उग्रता र नक्कली राष्ट्रवाद नरोकिए सार्वजनीक गर्ने चेतावनी दिए।