केआई नेपालद्वारा १६ नेपाली महिलाको दिल्लीमा उद्दार - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

केआई नेपालद्वारा १६ नेपाली महिलाको दिल्लीमा उद्दार



इन्द्रकमल जैरु/नयाँ दिल्ली 

भारतको राजधानी दिल्ली हुँदै तेस्रोमुलुक पुर्‍याइन लागेको १६ नेपाली महिलाहरूको उद्धार गरिएको छ । इराक र कुवेतमा जागिर लगाइदिने प्रलोभनमा दिल्ली पुर्‍याएका १६ महिलाहरूलाई केआई नेपाल र दिल्ली महिला आयोगको प्रत्यक्ष संलग्नतामा छुटाइएको हो ।

१६ जना महिलाहरू नेपालका विभिन्न जिल्लाबाट दिल्ली पुर्‍याइएका हुन। जसमध्ये सबैभन्दा धेरै ६ जना सिन्धुपाल्चोकका रहेका छन् भने उद्धार गरिएका महिलाहरूमा मोरङ, हेटौडा, कपिलवस्तु र इलामका पनि रहेका छन् ।

यद्यपि १६ महिलालाई सुरक्षित निकाल्न सकिए पनि उनीहरूलाई दिल्लीसम्म पुर्‍याउने दलालहरू भने फेला परेका छैनन् । दिल्ली महिला आयोगकी अध्यक्ष स्वाती मालीवालले दिल्लीको मुनिरकाको एक सानो कोठामा राखिएका १६ युवतीलाई पुलिसको सहयोगमा उद्धार गरिएको बताईन ।

उनले पुलिस थानादेखि मात्र ५ सय मिटरको दुरीमा महिलाहरूलाई राख्दा पनि पुलिसलाई केही थाहा नहुनुमा शङ्का व्यक्त गरिन । घटनाबारे पुलिस थानामा प्राथमिक दर्ता गरी कानुनी कारबाही सुरु गराइएको बताइएको छ । उनले उद्धार गरिएका महिलाहरूलाई देश-दुनियाँका बारेमा केही थाहा नभएकाले नेपालमा जनचेतनाको खाँचो रहेको बताईन । नेपाल सरकारले पनि महिला बेचबिखनलाई रोकथाम गर्न कडा कदम उठाउनुपर्ने सुझाव उनको छ ।

उद्धार कार्यमा सहभागी हुनु भएका केआई नेपालका प्रतिनिधि नवीन जोशीले १५-२० जना नेपाली युवतीहरूलाई तेरुाो मुलुक पुर्‍याउन लागिएको जानकारी प्राप्त भएपछि दिल्ली महिला आयोग र पुलिसको सक्रियतामा छापा हानेर महिलाहरूको उद्धार गरिएको बताउनु भयो । कुनै महिलालाई २ दिन पहिला, कुनैलाई १५ दिन त कुनै महिलालाई एक महिना पहिला दिल्ली ल्याएर राखिएको उहाँको भनाई छ। उनीहरूलाई नेपाली राजदूतावासबाट बनाउनु पर्ने एनओसी पनि जाली बनाएर तेरो मुलुक पठाउन लागिएको उहाँले बताउनु भयो ।

नेपाली महिलालाई रोजगारीका नाममा तेरुाो मुलुक पुर्‍याउन दिल्ली ट्रान्जिट रुट हुन थालेपछि केआई नेपालले दिल्लीमा सक्रियता बढ़ाएको छ । पछिल्लो समय कयौँ महिला, बालबालिकाको उद्धार गरिसकेको केआई नेपालले यति ठुलो सङ्ख्यामा महिलाहरूको उद्धार गरेको पहिलो पटक हो ।