ज्योतिष ,ज्योतिष इतिहास र बैज्ञानिक आधार ! - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

ज्योतिष ,ज्योतिष इतिहास र बैज्ञानिक आधार !



– उमेश दुलाल

ज्योतिष

ज्योतिष वा ज्योतिषी भन्ने बित्तिकै २ प्रकारको मान्छेहरूले आफ्नो आफ्नो तर्क गर्न थाल्दछन् । कसैले भविष्य कथन गर्ने मान्छे भनेर भन्ने गर्छन् भने कसैले अन्धविश्वासको दर्जामा राख्दिन्छन् । तर वास्तवमा ज्योतिषलाई यो भविष्य कथन र त्यो अन्धविश्वास यस्तो उस्तो भन्नु पूर्व ज्योतिष के हो भन्ने कुरा सबैले बुझ्नु आवश्यक छ । यसको इतिहास कस्तो छ? बैज्ञानिक्ता कस्तो छ? ग्रहको के कस्तो प्रभाव पर्छ? आदि कुरा बुझ्नु पर्दछ ।

ज्योतिष इतिहास  

दि लस्ट बुक अफ भृगु नाम गरेको डकुमेन्ट्रीमा पुराण शास्त्रको एउटा कथा राखिएको छ कि, भगवान् विष्णुले भृगु महर्षिलाई राम्ररी स्वागत सत्कार नगरेको कारण भृगुले रिसाएर भगवान् विष्णुको छातीमा लात्तीले हान्नुहुन्छ । तेसपछी लक्ष्मीले भृगुलाइ “ब्राह्मण कुलमा धनको लक्ष्मीको कमी होस् मेरो कृपा छैन ब्राह्मणहरूलाई” भनेर श्राप दिनु हुन्छ । भृगुलाइ आफ्नो गल्तीको पस्चताप भएपछि भगवान् विष्णु र लक्ष्मी सङ्ग माफी माग्नु हुन्छ र ब्राह्मणको हितको लागी के गरौँ भनेर सल्लाह लिनु हुन्छ । त्यसै प्रसङ्गमा मानव जीवनको भविष्य कथन गर्न सक्ने ग्रन्थ रचना गर्ने सल्लाह लक्ष्मीले दिनुहुन्छ तर भृगुले कसरी गरौँ के आधारमा गरौँ भनी जिज्ञासा राख्दा भगवान् बिष्णुलेनै भृगु महर्षिलाई यो ज्योतिषको ज्ञान दिनुभयो भन्ने कुरा उल्लेख छ । भृगुद्वारा रचित ग्रन्थलाइ भृगु संहिता भनिन्छ । भृगु महर्षीलाइनै ज्योतिषको प्रणेता पनि भनिन्छ । वेस्ट्रन एस्ट्रोलोजीमा पनि ग्रीक युनानीहरुको कुनै विशेष देवताको बिषयको कथा जुडेको छ । कुनै देवता वा भगवान् सङ्ग जुडेको ईतिहासको त प्रमाण देखाउन सकिँदैन तर जे प्रमाण देखाउन सकिन्छ तेस सम्बन्धी जानकारी दिन चाहान्छु ।

बैज्ञानिक आधार

पक्षीममा इ.पू. ६,००० बर्ष अघि सुमेरीयनहरुको बिषयमा कथा पाइन्छ । आजको बैज्ञानिकहरुले पनि मानव जातिको वास्तविक इतिहास सुमेरीयनहरुले प्रारम्भ गरेका हुन् भन्ने कुरा पक्षीममा मान्दछन्। सुमेरीयनहरुले सुमेरु पर्वतमा ७०० फिट अग्लो लुनार बनाएर चौबिसै घण्टा ग्रह नक्षत्रको अध्यन गर्दथे किनकी सुमेरीयनहरुलाइ एउटा गहिरो शुत्र थाहा भएको थियो कि, “मानव जगतमा जे जति कुरा घट्दैछ र जे जस्तो बिमारी आदि भएको छ त्यो घटनाको प्रारम्भिक श्रोत ग्रह नक्षत्र सङ्ग कुनै न कुनै तरीकाले जोडिएको हुन्छ ।” यहि कारणले उनिहरुले विभिन्न श्रोतद्वारा ग्रहादी नक्षत्रको अध्यन गरे । सुमेरु पर्वतमा भेटिएको हड्डिको अबसेशहरुमा प्राचिन ज्योतिषको चिन्ह र चन्द्रमाको यात्राको चिन्ह अङ्कित छन् जुन चिन्ह इ.पू. २५,००० बर्ष पुरानो हो भनिएको छ ।

पक्षीममा जतिपनी खोजबिन अनुसन्धान आदि कार्य भयो त्यो सबै इ.पू. २५,००० बर्ष अघिबाट अघि बाट हुँदै आएको हो भन्ने उनिहरुको मान्यता छ । तर भारतबर्षको इतिहास निकै पुरानो छ । ऋग्वेदमा ९५,००० बर्ष अगाडि जे जस्तो ग्रह नक्षत्रको स्थीती थियो तेसको उल्लेख पाइन्छ । यहि कुरालाइ आधार मानेर लोकमान्य तिलकले भनेका थिए, “ज्योतिष ९० हजार बर्ष पुरानो त निश्चित हुनै पर्छ किनकी वेदमा ९५ हजार बर्ष अगाडि ग्रह नक्षत्रको स्थीती कस्तो छ भनेर लेखीएको छ भने त्यो लेख एति पुरानो त अबस्य हुन्छ नै ।” पैली ग्रह नक्षत्रको स्थीति कस्तो छ भन्ने बिषयमा जान्नको लागी कुनै उपाय साधन थिएन तर ऐले एस्तो बैज्ञानिक साधन र उपकरण छन जसले गर्दा बिगतमा ग्रह नक्षत्रको कस्तो स्थीती थियो भनि पत्ता लगाउन सकिन्छ ।

ज्योतिषको सर्वाधिक मान्यतानै भारतबर्षबाट सुरु भएको हो भन्ने दावी छ । यो अर्को सत्य पनि हो कि ज्योतिषकै कारण गणीतको जन्म भयो । अङ्क गणीतको जतिपनी अङ्क छ त्यो सबै कुराको गणनाकार प्राचिन भारतिय हुन् । (प्राचीनभारतमा नेपाल, इण्डिया, बङ्गलादेश, पाकिस्थान,भुटान आदि अरु अन्य देश पर्छन् ।) भारतबर्ष देखीनै ज्योतिषको पहिलो किरण सुमेरुको सभ्यतामा पुगेको थियो । सुमेरु पर्वतको पनि धेरै कुरा पुराणहरुमा पाइन्छ । भगवान् बिष्णुको मक्षाबतार पछी सुमेरुबाटै वैवस्तभ मनुको सभ्यता सुरु भयो भन्ने कुरा पनि पुराणमा छ । इ.पू. ५००-६०० बर्ष अघि प्यारासिलसले भारतबर्ष र युरोप भ्रमण गरेका थिए । उनले भारतवर्ष भ्रमण गर्दा यहाँ बाट ज्योतिष सम्बन्धी अध्यन गरेर गएका थिए । प्यारासिलसले ग्रहको सम्बन्धमा प्रत्यक ग्रहले छुट्टा छुट्टै ध्वनी उत्पन्न गर्छ भन्ने शिद्वान्त स्थापीत गरे ।

ग्रह नक्षत्र आदिबाट निस्कने उर्जा शक्ति निरन्तर पृथ्वीमा प्रवाह भैनै राखेको हुन्छ । ग्रहहरु आकाशमा भ्रमणशिल छन् । प्रत्यक ग्रह नक्षत्र भ्रमण गर्दा छुट्टा छुट्टै किसीमको ध्वनि उत्पन्न गर्छ र जीव जगतमा प्रभाव पारीराखेको हुन्छ । जब जीवन जन्म हुन्छ त्यो समयमा जुन नक्षत्रको तरङ्ग बायुमण्डलमा पर्वाह भैराखेको हुन्छ त्यो ध्वनी जिवनमा हावी हुन्छ र जीवन स्वास्थ हुने वा अस्वस्थ हुने गर्दछ भनी प्यारासिलसको भनाइ थियो । तेतिबेलाको चिकित्सकहरुले ठिक पार्न नसकेको रोगीहरुलाइ प्यारासिलसले ती रोगीहरुको जन्मको समय आदि सबै अध्यन गरेर कस्तो खालको नक्षत्रले यिनिहरुलाइ असर गरेको छ भनी खोज गरि के कस्तो रोग छ, त्यो रोग पत्ता लगाएर निको पार्दिएको भन्ने इतिहास पनि पक्षीममा छ ।

सन् १९२० मा चिजेब्रस्की नाम गरेका एक रुसका बैज्ञानिकले सुर्यमा हरेक ११ बर्षमा एउटा ठुलो विस्फोट हुन्छ र तेसको कारण पृथ्वीमा युद्ध र क्रान्तीफैलीन्छ भनी पत्ता लगाए । चिजेब्रस्कीले ७०० बर्षको एति बिश्लेषणात्मक व्याख्या गरेकाका थिए कि आजको बिज्ञानले गलत हो भनेर भन्न पनि सकेन । माक्सबादको सिद्वान्त अनुसार युद्ध र क्रान्तीको कारण गरिबी हो भन्ने थियो तर चिजेब्रस्कीको शिद्वान्त सुर्यको कारण हो भनी भन्दा माक्सबादको शिद्वान्तको विरुद्ध भयो भन्दै चिजेब्रस्कीलाइ जेल समेत हालीयो । जेलबाट छुटेपछी उनि ४/६ महिना भन्दा धेरै बाचेनन् तैपनी धेरै ज्योतिषको निकै प्रमाण छोडेर गए ।

सन् १९५० देखी ज्योतिषमा एउटा अर्को नया बिज्ञान र शिद्वान्त स्थापीत भयो । जुन शिद्वान्तलाइ “कजमीक केमेस्ट्री” भनेर नाम दिइयो । यो शिद्वान्त स्थापीत गर्ने बैज्ञानिक जियोजार्गी गिर्योडी थिए । धेरै अनुसन्धान गरेपछी उनले भनेकि यो सम्पुर्ण जगत नै एउटा “अर्ज्ञानीक युनिटी” हो र यहाँ सबै कुरा एउटै तत्वको हो भनेर भने । यो जगत र जगतमा भएको सम्पुर्ण कुरा एउटै शरीर हो । यहाँ एक सरीरको एउटा अङ्गले अर्को अङ्गलाइ महसुस गर्न सक्छ जस्तै: मेरो शिरमा चोट लाग्छ भने मेरो खुट्टा हडबडाएर म लड्न सक्छु अथवा मेरो खुट्टामा चोट लाग्छ भने मेरो हृदयले पनि अनुभव गर्छ । तेसैगरी ब्रह्माण्डमा कुनै नक्षत्रमा (तारामा) वा ग्रहमा कुनै परीवर्तन आउँछ भने मानव जिवनमानै परीवर्तन ल्याउँछ ।

सुर्यमा भएको सानो परीवर्तनले पनि पृथ्वीमा जिवनलाइ प्रभाव गर्छ । पृथ्वीमा तेस्तो कुनै घटना घटेको छैन जुन सुर्यमा नघटि पृथ्वीमा मात्रै घटेको होस् । किनकी पृथ्वी सुर्यको अशं हो र यसमा भएको जीवन पृथ्वीको अंश
। हामीले हेर्दा सुर्य टाढा छ तर हाम्रो रगतको कण कणमा सुर्य स्थीत छ । सुर्यमा हुने परीवर्तनले हाम्रो सरीरमा रगत बग्ने सैलीनै परीवर्तन गराइदिन्छ । सुर्यमा प्रत्यक ९० बर्षमा हुने अर्को ठूलो (विस्फोट) परीवर्तनले पृथ्वीमा पुरै भुकम्प जाने हुन्छ । यहि कारणले पनि प्रत्यक ८०/९० बर्षमा एउटा माहा भुकम्प जान्छ भनिएको हो । सन् २०१५-१६ मा लग्भग पृथ्वी भरीनै भुकम्प गएको थियो । पुर्णीमा नजिकिदै गर्दा समुन्द्रमा भएको पानी छछल्किएर छाल आउने गर्छ । समुन्द्रमा भएको नुनको मात्रा र हाम्रो शरीरमा हुने नुनको मात्रा लग्भग एकै हुन्छ । अब सोच्नुस कि समुन्द्रमा प्रभाव ल्याउँछ भने मानव जीवन प्रभावित नभएको होला त?? यसै गरी अन्य ग्रह नक्षत्रको प्रभावले पनि जिवनमा परीवर्तन ल्याउँछ । हाल नासाले पनि यो कुरा पत्ता लगायो कि पृथ्वीमा भएको मौसम परीवर्तनमा पनि ग्रहहरुको भ्रमणले प्रभाव पार्छ । पृथ्वीको कुनै देशको कुनै स्थान मात्र नभै पुरै पृथ्वी भरीकै मौसममा प्रभाव पार्दछ । तेसैले “द क्लाइमेट अफ दि अर्थ” भनेर पृथ्वीकै मौसमको बिषयमा अध्यन गर्न आजको बैज्ञानिक जुटेका छन् ।

ज्योतिष के हो ?

आकासमा रहेको आकासीय पिण्ड ग्रह नक्षत्रहरु र ग्रह नक्षत्रबाट उत्पन्न हुने तरङ्गहरुको अध्यायन गरेर तेसबाट मानव जिवनमा हुन सक्ने (घटित) घटनाको व्याख्या गर्नु नै ज्योतिष हो । ज्योतिष बिषय अध्ययन गर्नेलाई जोतिषी भनिन्छ । यो एउटा पुर्ण बिज्ञान नै थियो तर समयको कालान्तरमा धेरै
कुराहरु लोप हुँदै गयो । यथाकतित २/४ महिना ज्योतिषको किताब हेरेर आफुले आफुलाइ ज्योतिषी भन्दै नामको अगाडि “ज्योतिष” राखेर ठग्न बसेकाहरुले गर्दापनी आज यो बिज्ञान ओझेलमा परेको हो । अब यसरी ठग्नेलाइ देशमा भएको ठुला ज्योतिषी र ज्योतिष केन्द्रहरुले कार्वाही गर्नु आवश्यक छ । तथा ज्योतिष सम्बन्धी अनुसन्धान आदि कार्य गर्नलाइ सर्कारले पनि यस बिषयमा चाहिने श्रोत उपकरणको बेबस्था गर्देर ज्योतिषको अनुसन्धान कार्य अगाडि बढाउनको लागी सहायता दिन आवश्यक छ ।