आस्थापछि ज्योती मगर प्रहरीको लफडामा - Himal Post Himal Post
  • २ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 14 2026
Logo

आस्थापछि ज्योती मगर प्रहरीको लफडामा



काठमाडौं- आस्था राउतले प्रहरीलाई अभद्र व्यवहार गर्नु ठीक एक साताअघि ज्योति मगरले मदिरा पिएर दरबारमार्गस्थित रेस्टुरेन्टका कामदारसँग अभद्र व्यवहार गरेकी छन्।

ज्योतिसहित एकजना केटा र एक केटी साथीले ७ हजारको मदिरा र सितन खाए।

पैसा तिर्ने बेला स्वाइप मेसिन नभएको भन्दै ज्योतिले लफडा झिकिन्। रेस्टुरेन्टका कामदारले सम्हाल्न नसकेपछि दरबारमार्ग प्रहरीमा खबर पुग्यो। प्रहरीले अभद्र व्यवहारमा मुद्दा चल्न सक्छ भनेपछि हत्तपत्त पर्सबाट पैसा झिकेर तिरेकी छन्।

जयनेपाल रोडमा रहेको किङ्स प्लालेस लाउन्ज बारमा भएको घटना हो यो। तर यो विषयमा जनआस्थाले सम्पर्क गर्दा उनले आफूहरू पीडित भएको सुनाइन् भनेर आज माघ ८ को जनआस्था साप्ताहिकमा खबर छापिएको छ।

आफ्ना साथीलाई त्यहाँका कामदारले काउन्टरअगाडि बसिरहेको समयमा हातपात गरेको र न्याय खोज्दै दरबारमार्ग प्रहरी चौकी पुगेको, त्यो रात अबेला भएका कारण प्रहरीले भोलिपल्ट मुद्दा दायर गर्न बोलाएको भए पनि आफूहरूले मुद्दा नगरेको उनको जिकिर छ।

ज्योतिले थपिन्, ‘रेस्टुरेन्टका कामदारसँग हाम्रो लेबल मिल्दैन, उल्टै मुद्दा मामिला गर्दा इज्जतमा दाग लाग्छ भन्ने भएपछि हामीले केही गरेनौं। हामी सहेर बसेका छौं भने यो इस्युलाई चर्काउन तपाईंलाई मात्रै के चासो?’