ज्योति मगरको तीजमा यस्तो ‘विकृति’ - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

ज्योति मगरको तीजमा यस्तो ‘विकृति’



काठमाडौं – चर्चित लोक गायिकाद्वय भूमिका गिरी र ज्योति मगरले तीज गीत ‘विकृति’ बजारमा ल्याएका छन् । भूमिका र ज्योतिकै स्वर रहेको गीतको शब्द नेत्र अर्यालले कोरेका हुन् ।

गीतको निकै आकर्षक भिडियो समेत बनाइएको भिडियोमा पनि गायिकाद्वय भूमिका र ज्योति आफैले अभिनय गरेका छन् । उनीहरूलाई मोडलिङमा मालती घले, एञ्जिला वाईबा, सविता परियार र सीमा घर्तीले साथ दिएका छन् ।

प्रकाश भट्टको निर्देशन रहेको भिडियोमा राजेश घिमिरेको क्यामरा, विष्णु शर्माको सम्पादन रहेको छ । म्युजिक भिडियोमा ज्योति मगर अलिक मोटी देखिएकी छिन् । भूमिका र ज्योति दुबै दाङका स्थिायी बासिन्दा हुन् । त्यसैले पनि गीतमा सहकार्य गर्न सजिलो भएको उनीहरु बताउछन् ।