ज्योति मगरलाई मेयरले दिए गुन्यु-चोली ! - Himal Post Himal Post
  • २३ जेष्ठ २०८३, शनिबार
  •      Sat Jun 6 2026
Logo

ज्योति मगरलाई मेयरले दिए गुन्यु-चोली !



गायिका ज्योति मगरलाई जुम्लाको चन्दननाथ नगरपालिकाले गुन्यु चोली उपहार दिएको छ।

चन्दननाथमा सञ्चालित प्रादेशिक औधागिक व्यापार मेलामा छोटाछोटा कपडा लगाएर प्रस्तुति देखाएपछि मेयर कान्तिका सेजुवालले ज्योति मगरलाई गुन्यु चोली उपहार दिएकी खबर आजको नयाँ पत्रिका दैनिकमा जुम्लाबाट मानदत्त रावलले लेखेका छन्।

मेयर सेजुवालले ज्योतिको कला राम्रो भएपनि उनको छाडा पहिरनले अश्लिलता फैलाउने भएकाले गुन्यु चोली उपहार दिएको बताइन्।

उपहारमा प्राप्त गरेको गुन्यु चोली ग्रहण गर्दै ज्यातिले भने मेयर सेजुवाल महिला भएर महिलाकै दमन गरेको भन्दै असन्तुष्टि जनाइन्।