ज्योति लाइफ इन्स्योरेन्सको सुखड शाखाबाट बीमालेख जारी - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

ज्योति लाइफ इन्स्योरेन्सको सुखड शाखाबाट बीमालेख जारी



विशाल पाण्डेय / घोडाघोडी ।
ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको अभिकर्ता सम्म्मान तथा बीमालेख जारी कार्यक्रम सम्पन्न भएको छ । ज्योति लाइफ इन्स्योरेन्स सुखड शाखाको आयोजनामा बुधबार उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कम्पनीले ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै यस कम्पनीबाट प्रदान हुने सेवालाई, अझ प्रभावकारी तथा सहज बनाउन सुखड उप–शाखाबाट शाखामा रुपान्तरण भएसंगै बिमालेख जारी समेत गरिएको सुखड शाखाका प्रमुख टेकराज आचार्यले जानकारी दिए ।

आचार्यले ज्योती लाईफ इन्स्योरेन्सले नेपालमै पहिलो पटक ३५ वटा घातक रोग विरुद्धको बीमा योजना सञ्चालनमा ल्याएको बताए । ५० लाख सम्मको बीमांक रकम रहेको उक्त बीमा योजनाले विभिन्न खालका रोगको रक्षावरण गर्ने
शाखा प्रमुख आचार्यले जानकारी दिए । बालबालिकाको साढे तीन लाख भन्दा बढी बिमा गरेमा उसको अभिभावक बिरामी हुँदा उपचार खर्च पाउने समेत जानकारी दिए । यस्तै नयाँ बिमा योजना अन्तरगत बिमाको अवधी सकिएपछि पनि पेन्सनको रुपमा रकम दिने योजना समेत रहेको बताए।

कार्यक्रममा प्रमुख अथितीको आसनबाट बोल्दै क्षेत्रीय प्रबन्धक देशराम चौधरीले जीवन बिमाको परिचय , महत्त्व लगायतका बारेमा सहभागीहरुलाई जानकारी दिएका थिए । कार्यक्रममा एजेन्सी म्यानेजर , सहायक एजेन्सी म्यानेजर तथा उत्कृष्ट अभिकर्ता गरि १५ जनालाई सम्मान समेत गरिएको थियो ।