रवि लामिछानेका समर्थकबाट सुरेन्द्र बस्नेतलाई मार्ने धम्की ! - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

रवि लामिछानेका समर्थकबाट सुरेन्द्र बस्नेतलाई मार्ने धम्की !



विवादित टेलिभिजन कार्यक्रम प्रस्तोता रवी लामिछाने समर्थकले नेकपा निकट अखिल क्रान्तिकारीका वरिष्ठ उपाध्यक्ष सुरेन्द्र बस्नेतको हात काटिदिने र हत्या गर्नेसम्मका धम्क दिएका छन् ।

बस्नेतले लामिछाने समर्थकले सामाजिक सञ्जाल र मोबाइलको म्यासेज बक्समा म्यासेज पठाएर तथा टेलिफोनबाट समेत धम्की दिएको बताए । आफ्ना पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको हत्याबारे आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै बस्नेतले सामाजिक सञ्जालमार्फत पत्रकारिता पेसा तथा मानवीय मर्यादाविपरीत लामिछानेले टेलिभिजनबाट ‘प्रचण्डको हत्या भए केही फरक नपर्ने’ जस्ता आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै उनीमाथि कारबाहीको माग गरेका थिए ।

जवाफमा बस्नेतलाई लामिछाने समर्थकले धम्क्याएका हुन् । प्रचण्डले केही दिनअघि पार्टी कार्यालय पेरिसडाँडामा आयोजित एक कार्यक्रममा नेत्रविक्रम चन्द विप्लव समूहले आफ्नो हत्याको योजना बनाएको सूचना सरकारका तर्फबाट दिइएको बताएका थिए ।

त्यसको काउण्टर गर्दै लामिछानेले एक टेलिभिजनमा सञ्चचालन गर्ने ‘सिधा कुरा जनतासँग’ नामक कार्यक्रममार्फत देशमा धेरै जनता मारेकाले प्रचण्ड मर्दा फरक नपर्ने आसयको अभिव्यक्ति दिएका थिए । बस्नेतले आफू धम्कीबाट नडराउने बताए । ‘असभ्य र अमर्यादित केही लठैतहरुले मलाई हात काट्ने र मार्नेसम्मका धम्की दिएका छन्’, बस्नेतले भने, ‘त्यस्ता असामाजिक र धरातल नभएका हावाहरुको धम्कीबाट डराउँदिन ।’ अधिवक्तासेमत रहेका उनले धम्की दिनेहरुमाथि कानूनी कारबाहीको प्रक्रियामा जाने समेत बताए ।