ज्याला नपाएको भन्दै घोडाघोडीमा श्रमिकहरु आन्दोलित - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

ज्याला नपाएको भन्दै घोडाघोडीमा श्रमिकहरु आन्दोलित



विशाल पाण्डेय / सुखड ।
प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत काम गरे अनुसारको ज्याला नपाएको भन्दै घोडाघोडी नगरपालिका -१ का श्रमिकहरु आन्दोलित भएका छन् ।

आफुहरुको वास्तविक हाजिर लुकाएर किर्ते हाजिर खडा गरी काम अनुसारको ज्याला दिनुको सट्टा आर्थिक अनियमितता गर्न खोजेको भन्दै मजदुर आन्दोलित भएका हुन् ।

आफुहरुले घाम पानी नभनी लगातार काम गरेपनि हाजिरीमा आफ्नो नाम नभएकोले कुनै रकम नपाएको घोडाघोडी नगरपालिका -१ कि चन्द्रा जैशिले बताइन् । त्यस्तै अर्कि रेखा सार्कीले पनि काम गरे अनुसारको हाजिरी नभएको र अहिलेसम्म रकम नपाएको गुनासो गरिन ।

यता नगरपालिकाले भने स्टमेट भन्दा बढि हाजिर देखिएकाले समस्या भएको दावी गरेको छ । घोडाघोडी नगरपालिकाका रोजगार संयोजक रोहित प्रसाद जोशीले स्टमेट अनुसार एक लाख १२ हजारको काम गर्नुपर्ने भएपनि हाजिर अनुसार करिब २ लाखको काम देखिएकाले केही समस्या भएको बताए । उक्त विषयमा अहिले नगरपालिकामा छलफल चलिरहेको छ ।

घोडाघोडी नगरपालिका प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत वडा नं १ मा पोखरी निर्माणको काम गरिएको थियो । योजना छनोट गर्दा ढिला हुँदा वडा नं १ मा अन्तिममा निर्माण कार्य सुरु भएको हो । घोडाघोडी नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत गत वर्ष ७४ लाख रुपैयाँ बजेट विनियोजन भएको थियो ।