ज्वाई कांग्रेसबाट मेयरका उम्मेदवार ,ससुराले दिए राजीनामा - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

ज्वाई कांग्रेसबाट मेयरका उम्मेदवार ,ससुराले दिए राजीनामा



हिमाल पोस्ट /अर्घाखाँची ,जेठ 

  नेपाली कांग्रेस अर्घाखाँचीका पूर्व उपसभापति श्यामनाथ कास्यपले पार्टीको साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएका छन् । काम गर्दा न्याय नपाएको र सधै भरी अन्याय भोग्नु परेको कारण राजीनामा दिएको कास्यपलेजानकारी गराएका हुन् ।

निवार्चनमा पाणिनी गाउँपालिकाको अध्यक्षका आकाक्षी कास्यप नेपाली कांग्रेसको पूर्व जिल्ला सचिव र महासमिति सदस्य समेत रहेका थिए ।तर उनका ज्वाईं खडानन्द बेल्बासेलाई अर्घाखाँचीकै भूमिकास्थान नगरपालिकामा कांग्रेसले मेयर पदमा उम्मेदवार बनाउने निर्णय गरेको छ।

छोरी संगीता बेल्बासे कांग्रेसको जिल्ला समिति सदस्य छिन । छोरी ज्वार्इंले टिकट पाएपनि आफूले नपाएका कारण काश्यपले राजीनामा दिएको कांग्रेसका कार्यकर्ताको भनाइ छ।

त्यस्तै अर्घाखाँचीमा सोमबार टिकट वितरणमा असन्तुष्टी जनाउदै कांग्रेसका जिल्ला सदस्य रहेका रामप्रसाद घिमिरेले साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएका छन् ।