बानेश्वरमा १३ जुवाडे पक्राउ: अधिकांश ब्यापारी - Himal Post Himal Post
  • ५ आश्विन २०८१, शनिबार
  •      Sat Sep 21 2024
Logo

बानेश्वरमा १३ जुवाडे पक्राउ: अधिकांश ब्यापारी



काठमाडौं-महानगरीय प्रहरी वृत्त बानेश्वरले १३ जना जुवाडेलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा अधिकांश स्थानीय व्यावसायी छन् ।

विशेष सूचनाका आधारमा शुक्रबार साँझ खटिएको प्रहरी टोलीले काठमाण्डु–३१ को एक घरमा जुवा खेलिरहेका १३ जनालाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट तीन लाख ७५ हजार ४९० रूपैयाँ नगदसमेत बरामद भएको छ ।

वृत्तका प्रमुख डीएसपी दुर्गाराज रेग्मीका अनुसार पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको छ ।