भिआइपी जुवाडे पक्राउ गर्नुको कारण पेश गर्न सर्वोच्चको आदेश - Himal Post Himal Post
  • ४ माघ २०८२, शनिबार
  •      Sat Jan 17 2026
Logo

भिआइपी जुवाडे पक्राउ गर्नुको कारण पेश गर्न सर्वोच्चको आदेश



काठमाडौँ – सर्वोच्च अदालतले जुवाडेहरुलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको छ।

साढे दुई करोड ७० लाख रुपैयाँसहित महाराजगञ्जको एक घरबाट शनिबार राति पक्राउ परेका २५ जना मध्ये ६ जना जुवाडेले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिट निवेदनमाथि सुनुवाई गर्दैै सर्वोच्चले २४ घण्टाभित्र शशरिर उपस्थित गराउन आदेश दिएको हो।

सर्वोच्चले सबै रिटलाई एकैसाथ राखेर सुनुवाइ गर्न आदेश दिएसँगै जुवाडेहरु बुधबार छुट्न पाएनन्।

न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले प्रहरीलाई पक्राउ गरिनुको कारणसमेत पेश गर्न आदेश दिएको सर्वोच्चका सहप्रवक्ता देवेन्द्र ढकालले जानकारी दिए।

इजलाशसले आइतबार बलराम सापकोटाको तर्फबाट दर्ता भएको बन्दीप्रत्यक्षीकरणको रिट र बुधबार दर्ता भएका अरु तीनवटा निवेदनलाई सँगै राखेर सुनुवाइ गर्न आदेश दिएको छ।

सोमबार बलराम सापकोटालाई २४ घण्टाभित्र उपस्थित गराउन दिएको आदेश अनुसार प्रहरीले उपस्थित गराए पनि अरुसँग राखेर सुनुवाइ गर्ने हुँदा उनको हकमा छुट्टै आदेश नभएको ढकालले बताए।

पक्राउ परेका मध्ये बलराम सापकोटा, पवित्रकुमार कार्की, पवनकुमार गुप्ता, मुक्ति लामा, विक्रम गौतम, साङ्बु शेर्पा र गेल्जे लामाले रिट निवेदन दर्ता गराएका छन्।