जस्टिन बिबरलाई दुर्लभ खालको प्यारालाइसिस देखियो - Himal Post Himal Post
  • १ चैत्र २०८१, शनिबार
  •      Sat Mar 15 2025
Logo

जस्टिन बिबरलाई दुर्लभ खालको प्यारालाइसिस देखियो



हलिउडका चर्चित गायक जस्टिन बिबरलाई दुर्लभ खालको प्यारालाइसिस भएको छ। यो जानकारी उनी आफैले सामाजिक सञ्जालमार्फत दिएका छन् ।

उनलाई रामसे हन्ट सिन्ड्रोम नामको एक दुर्लभ रोग देखिएपछि उनको अनुहारको आधा भागमा प्यारालाइसिस देखिएको हो।

सामाजिक संजालमा एक भिडियो सार्वजनिक गर्दै बिबरले आफ्नो कन्सर्टको शो क्यान्सिल गरेको बताएका छन्।उनले भनेका छन्, ‘एक भाइरसको कारण मलाई खतरनाक रोग लागेको छ।

यो भाइरस यति खतरनाक छ कि मेरो अनुहारको नशामा आक्रमण गरिरहेको छ। यसकारण मेरो अनुहारको आधा भागमा प्यारालाइसिस भएको छ। यो भाइरस निकै गम्भीर किसिमको छ। तपाईंहरु मेरो शरीरलाई देख्न सक्नुहुन्छ’, उनले भनेका छन्।

यो रोग देखिएपछि अहिले उनी आराम गरिरहेको बताइएको छ । उनको उपचार प्रक्रिया पनि अगाडी बढेको जनाईएको छ ।