चर्चित गायक जस्टिन बिबर डिप्रेशनमा - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

चर्चित गायक जस्टिन बिबर डिप्रेशनमा



एजेन्सी – क्यानडाका चर्चित गायक जस्टिन बिबरले आफू डिप्रेशनमा परेको बताएका छन् ।

आफूले निकै फरक र एक्लो महसुस गरेको उनको भनाई छ । २६ वर्षीय गायकले यसरी आफू डिप्रेशनमा रहेको कुरा सामाजिक संजाल इस्टाग्राममा सार्वजनिक गरेका हुन् ।

उनले भनेका छन् कि उनी डिप्रेशनका कारण निकै समस्यामा छन् र यसबाट छुटकारा पाउन संघर्ष गरिरहेका छन् ।

उनी लेख्छन्, ‘यो कुरा यहाँहरुमाझ राख्दा मेरा लागि प्रार्थना गर्नु हुनेछ भनेर भनेको हुँ । मलाई भगवानमा विश्वास छ त्यसैले तपाईंहरुको प्रार्थनाले काम गर्नेछ ।’

पछिल्लो महिना जस्टिनले मानसिक अवस्थाको उपचार गराइरहेको अपूष्ट समाचार अन्तर्राष्ट्रिय मिडियामा आएको थियो । जस्टिनको यस्तो पोस्टले सो कुरा सत्य सावित भएको छ ।

यसअघि पनि चर्चित गायिका सलिना गोमेजसँगको प्रेम सम्बन्ध टुटेपछि उनी डिप्रेशनमा गएको समाचार बाहिर आएको थियो ।