'जस्टिस फर सन्दीप' भन्दै सन्दीपको समर्थनमा प्रदर्शन - Himal Post Himal Post
  • ७ माघ २०८२, मंगलवार
  •      Tue Jan 20 2026
Logo

‘जस्टिस फर सन्दीप’ भन्दै सन्दीपको समर्थनमा प्रदर्शन



नाबालिगलाई जबर्जस्ती करणी गरेको आरोप लागेका नेपाली क्रिकेटर सन्दीप लामिछाने केहि दिनमा नेपाल फर्किंदैछन् । उनले आफू सिपिएलबाट बिदा लिएर तत्कान नेपाल फर्किने जनाएका छन् ।

उनीविरुद्ध नाबालिग युवतीले जबर्जस्ती करणीको जाहेरी हालेपछि सामाजिक सञ्जालमा दुईतर्फी बहस भैरहेको छ । अहिले संदीपको योजनावद्ध चरित्र हत्या गरिएको र फसाइएको भन्दै आवाज उठाउनेको संख्या बढेको छ ।

सन्दीप लामिछानेको समर्थनमा वीरगञ्जमा शुक्रबार प्रदर्शन गरिएको छ। लामिछानेलाई बलात्कार मुद्दामा फसाउन खोजेको आरोप लगाउँदै घटनाको सत्य तथ्य छानबिन गर्न उनका समर्थकहरूले वीरगञ्जस्थित घण्टाघर चोकमा विरोध प्रदर्शन गरेका हुन्।

यस क्रममा उनीहरू विभिन्न नाराहरू लेखिएको पम्प्लेट प्रदर्शन गरेका थिए । दोषी करार नहुँदै कसैको चरित्र हत्या गर्न मिल्दैन, महिला मुखी अधिकार कानुन हुँदैन, पुरुषलाई दमन गर्न पाउँदैन, घटनाको सत्य तथ्य छानबिन गर लगायत भन्दै उनीहरुले नाराबाजीसमेत गरेका थिए।