मंसिर १ गतेबाट बर्दगोरियामा सुरुहुने जे.टि कप किक्रेटको तयारी अन्तीम चरणमा - Himal Post Himal Post
  • ४ माघ २०८२, शनिबार
  •      Sat Jan 17 2026
Logo

मंसिर १ गतेबाट बर्दगोरियामा सुरुहुने जे.टि कप किक्रेटको तयारी अन्तीम चरणमा



कैलाली । चौथो संस्करणको अक्सबृज पव्लिकेसन जे.टि कप किक्रेट प्रतियोगिता २०७५ को तयारि तिब्र अन्तीम चरणमा पुगेको छ ।

मंसिर १ गते बाट बर्दगोरिया गाउपालिका वडा नम्बर ४ स्थित मुडा बजारको खेल मैदानमा सुरु हुने प्रतियोगिता को तयारि करीब करीब अन्तीम चरणमा पुगेको प्रतियोगिता आयोजक बिधालय का प्रिन्सिपल मनोज कुमार पन्तले बताएका छन् ।

प्रतियोगितामा जिल्ला भित्र का करिब २० वटा बिधालयहरुको सहभागिता रहने आफ्नो अनुमान रहेको बिधालयका संस्थापक एवम प्रतियोगिता संयोजक एकेन्द्र मल्लले बताए ।

२०७२ सालमा १० हजार प्रथम पुरस्कार राशि राखेर सुरुवात भएको प्रतियोगिता को चौथो संस्करण को विजेताले ६१ हजार १ सय ११ पुरस्कार पाउ“दा उप – विजेताले ३१ हजार १ सय ११ नगद सहित मेडल ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछ । यसैगरि प्रतियोगिता अबधि भर बढि रन प्रहार गर्ने खेलाडि,बढि बिकेट लिने खेलाडि,उदयामान खेलाडि र म्यान अफ द सिरिजले समेत व्यत्तिगत तवरमा नगद पुरस्कार प्राप्त गर्ने आयोजक बिद्यालयले बताएको छ ।

प्रतियोगिता लाइ सफलता पुर्वक सम्पन्न गर्न आयोजक बिद्यालयले यश अघि नै विभिन्न उप समिति हरु समेत निर्माण गरि सकेको छ । यश बर्ष प्रतियोगिता लाई अक्सबृज पब्लिकेसनले मुख्य प्रायोजन गर्ने र अन्य प्रायोजक हरुको खोजि कार्य जारि रहेको आयोजक बिधालयले जनाएको छ ।

यस अघिका तीन संस्करण मध्य तीन वटै संस्करणमा फाइनल पुग्दै दुई पल्ट उपाधि उचालेको आर.एम.इ टिकापुर प्रतियोगिता को सबैभन्दा सफल टिम हो भने प्रतियोगिता पहिलो संस्करण को उपाधि आयोजक बिधालयले नै जितेको थियो ।

यो प्रितीयोगीता जिल्ला भित्रको सोही बिद्यालयमा अध्यन गर्ने कक्षा १० सम्मका बिद्यार्थीहरुले प्रतिस्पर्धा सबै भन्दा बढि पुरस्कार रासी भएको प्रतियोगीता समेत हो ।