बर्दगोरियामा जे.टि कप किक्रेटकाे तयारी तीब्र  - Himal Post Himal Post
  • ४ माघ २०८२, शनिबार
  •      Sat Jan 17 2026
Logo

बर्दगोरियामा जे.टि कप किक्रेटकाे तयारी तीब्र 



बाैनिया,कैलाली । चाैथाे संस्करणकाे अक्सबृज पव्लिकेसन जे.टि कप किक्रेट प्रतियोगिता २०७५ काे तयारि तिब्र पारिएको छ।

मंसिर १ गते बाट बर्दगाेरिया गाउपालिका वडा नम्बर ४ स्थित मुडा बजारकाे खेल मैदानमा सुरु हुने प्रतियोगिता काे तयारिलाई तिब्र पारिएको प्रतियोगिता अायाेजक बिधालयका प्रिन्सिपल मनाेज कुमार पन्तले जानकारि दिनु भएको छ।

प्रतियोगितामा जिल्ला भित्रका करिब २० वटा बिधालयहरुकाे सहभागिता रहने अाफ्नाे अनुमान रहेकाे बिधालयका संस्थापक एवम प्रतियोगिता संयाेजक एकेन्द्र मल्लले बताउनु भयाे ।

२०७२ सालमा १० हजार प्रथम पुरस्कार राशि राखेर सुरुवात भएको प्रतियोगिता काे चाैथाे संस्करण काे विजेताले ६१ हजार १ सय ११ पुरस्कार पाउँदा उप -विजेताले ३१ हजार १ सय ११ नगद सहित मेडल ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

यसैगरि प्रतियोगिता अबधि भर बढि रन प्रहार गर्ने खेलाडि,बढि बिकेट लिने खेलाडि,उदयामान खेलाडि र म्यान अफ द सिरिजले समेत व्यत्तिगत तवरमा नगद पुरस्कार प्राप्त गर्ने प्रतियोगिता का अार्थिक संयाेजक विकास मल्लले जानकारि दिनु भएको छ।

प्रतियोगिता लाइ सफलता पुर्वक सम्पन्न गर्न अायाेजक बिधालयले यश अघि नै विभिन्न उप समिति हरु समेत निर्माण गरि सकेकाे छ। यश बर्ष प्रतियोगिता लाई अक्सबृज पब्लिकेसनले मुख्य प्रायाेजन गर्ने र अन्य प्रायाेजक हरुकाे खाेजि कार्य जारि रहेकाे अायाेजक बिधालयले जनाएको छ।

यस अघिका तीन संस्करण मध्य तीन वटै संस्करणमा फाइनल पुग्दै दुई पल्ट उपाधि उचालेकाे अार.एम.इ टिकापुर प्रतियाेगिताकाे सबैभन्दा सफल टिम हाे भने प्रतियोगिता पहिलाे संस्करण काे उपाधि अायाेजक बिधालयले नै जितेको थियाे ।

जे.टि कप किक्रेट सुरु हुने मिति नजिकिय संगै बर्दगाेरिया गाउपालिका भने पुन खेलमय हुने भएको छ । केही दिन अघि मात्र गाउपालिकामा सडकपुर बाैनिया युवा क्लबकाे अायाेजनामा सरस्वति एग्राे इण्डष्ट्रिज चाैथाे बर्दगाेरिया सेती लाेकमार्ग कप खुल्ला फुटबल प्रतियोगिता सम्पन्न भएको थियाे ।