जेटि कप क्रीकेटकाे चाैथाे संस्करण मंसिरमा हुने
राजेन्द्र रावल / बाैनियाँ,कैैैलाली ।
२०७२ सालबाट नियमित रुपमा सञ्चालन हुदै अाईरहेकाे जेटि कप क्रिकेट प्रतियोगिता काे चाैथाे संस्करण मंसिर १ गतेबाट सुरु हुने भएको छ ।
अाइतबार जगत तारा इग्लिस बाेडिङ्ग स्कुलमा अायाेजित एक कार्यक्रम का बिच बिधालयका संस्थापकले साे कुराकाे जानकारि दिनु भएको हाे । कैलाली जिल्ला भित्र रहेका विभिन्न बिधालयकाे सहभागिता रहने प्रतियोगितामा यस बर्ष पनि कक्षा १० सम्मका बिधार्थि हरुले सहभागिता जनाउने अवसर पाउने छन् ।
२०७२ सालमा १० हजार प्रथम पुरस्कार र १६ वटा टिमहरुकाे सहभागिता बाट सुरु भएको प्रतियोगितामा यस बर्षकाे प्रथम पुरस्कार ६१ हजार राखिएको छ । अायाेजकले यस बर्ष जिल्ला भित्रका करिब २४ वटा विद्यालयहरु प्रतियाेगितामा सहभागिता रहने अनुमान समेत गरेकाे छ ।
प्रतियाेगिता लिक कम नकअाउट का अाधारमा सञ्चालन गराउने समेत अायाेजकले वतायकाे छ । प्रतियाेगिता सञ्चालन मा करिब ४ लाख खर्च हुने र त्यसकाे व्यवस्थापनका लागि प्रायाेजक हरुकाे खोजि कार्य जारि रहेकाे प्रतियोगिताका संयाेजक एवम बिद्यालय संस्थापक एकेन्द्र मल्लले बताए । ले
यसै गरि अाइतबारनै प्रतियाेगिता लाई सफलतापुर्वक सम्पन्न गर्नका लागि विभिन्न व्यत्तिहरुले जिम्मेवारी समेत दिईएकाे छ । जसमा बिद्यालयका संस्थापक एकेन्द्र मल्ल स्वयम् प्रतियाेगिता संयाेजक,राजेन्द्र रावल प्रचार प्रसार संयाेजक,पदम राज अाेझा प्रवत्ता,विकास मल्ल अार्थिक संयाेजक,प्रमाेद अाचार्य खेल सामाग्रि व्यवस्थापक र रविन रिजाल लाई खेल मैदान व्यवस्थापन काे जिम्मेवारी ताेकिएकाे छ ।
प्रतियाेगिता यस बर्ष पनि बर्दगाेरिया गाउपालिका वडा नम्बर ४ स्थित मुडा बजारकाे खेल मैदानमा सञ्चालन हुनेछ । साे अवसरमा बिद्यालयका प्रिन्सिपल मनाेज कुमार पन्तकाे समेत सहभागिता रहेकाे थियाे । फाइल तस्बिर :