पाचौं जेटि क्रीकेट कपको उपाधी क्याम्ब्रीजलाई - Himal Post Himal Post
  • ५ आश्विन २०८१, शनिबार
  •      Sat Sep 21 2024
Logo

पाचौं जेटि क्रीकेट कपको उपाधी क्याम्ब्रीजलाई



बौनिया,कैलाली । कैलालीको मुडा बजारमा सम्पन्न पाचौं जेटि क्रीकेट कप – २०७६ को उपाधी क्याम्ब्रीज स्कुल बलियाले उचालेको छ । आज भएको फाईनल खेलमा बाल बाटिका बिद्या मन्दिर बौनियालाई ३५ रनले पराजित गर्दै उपाधी उचाल्न सफल भएको हो । उपाधी जितेसंगै क्याम्ब्रीजले ७५ हजार नगदसहित ट्रफी हात पारेको छ भने बाल बाटिकाले ३८ हजार नगदसहित ट्रफीमा चित्त बुझाएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको क्याम्बृज स्कुल बलियाले निर्धारित २० ओभर खेल्दै ८ बिकेट गुमाउदै १४१ रन बनाउन सफल भएको थियो । क्याम्बृजका लगि आक्रमक ब्याटिङ गर्दै मिलन खडकाले ३१ बलमा ३ छक्का र १ चौकाको मद्धतमा ३४ रन र कप्तान बिष्णु शाहिले १६ बलमा २ छ्क्का र २ चौकाको मद्धमा नट आउट २८ रनको योगदान गरेका थिए । बाल बाटिकाका तर्फ बाट बसन्त ठाकुरले ३ ओभरमा १९ रन खर्चिदै ४ बिकेट लिन सफल भएका थिए ।

१४२ रनको बिजयी लक्ष्य लिएर जवाफी ब्याटिङमा आएको बाल बाटिका निर्धारित २० ओभर मध्य १७.२ओभर खेल्दै अल आउट हुदै १०६ रन मात्र बनाउन सक्यो र ३५ रनको हार ब्योहोर्न बाध्य भएको हो । क्याम्बृज बलियालाई जित दिलाउने क्रममा पारश ढकालले ३ ओभरमा १८ रन खर्चिदै ह्याटि्रक सहित ३ बिकेट लिन सफल भएका थिए ।

प्रतियोगिताकै उत्कृष्ट खेलाडी बाल बाटिका बिद्या मन्दिरका हेमन्त बुढा बन्न सफल भए । यसै गरि ब्यक्तिगत बिधा तर्फ उत्कृष्ट ब्याट्सम्यान क्याम्बृज स्कुल बलियाका पारश ढकाल बन्न सफल भए उनले नगद ३ हजार सहित ट्रफी हात पार्न सफल भए भने उत्कृष्ट बलर कालिका मा बि नौनियाका दिपक साउद बन्न सफल भए उनले ङद ३ हजार हात पार्न सफल भए । यसै गरि प्रतियोगिता अन्तरगत प्रतियोगिताकै उदयिमान खेलडि माईकी स्कुलका शुभास बि क बन्न सफल भए । उनले नगद २ हजार ५ सय हात पार्न सफल भए ।

विद्यालयका संस्थापक तथा खेल संयोजक एकेन्द्र मल्लको सभापतित्वमा सम्पन्न भएको समापन कार्यक्रमका प्रमुख अतिथी घोडाघोडी नगरपालिकाका उप प्रमुख प्रेम कुमारी थापा रहेकी थिइन् । कार्यक्रममा बोल्दै उप प्रमुख थापाले खेल खेल्नु स्वास्थ्यका लागी पनि राम्रो भएको बताउदै जित हार का लागी मात्र नभएर पहिचान दिन खेल खेल्नु पर्ने बताइन् । कार्यक्रमको समापन गर्दै बिधालयका संस्थापक मल्लले आगामी बर्षको धनराशिमा वृद्धि गरेर प्रथम पुरस्कार १ लाख १ हजार १ सय ११ र द्दितिय पुरस्कार ५१ हजार हुने र टेनिस बल बाट परिवर्तन गरि सिजन बल खेलाउने बताए । साथै प्रथम पटक हाईबे क्षेत्रमा अन्डर १९ का ४ खेलाडी खेलाउन पाउने ब्यबस्था पनि गरिएको मल्लले बताए ।

कार्यक्रममा जे टि कृकेट स्थापनाकाल देखी निरन्तर सहयोग गर्ने अम्पायर र अफिसियल बिधालय पृन्सिपल मनोज कुमार पन्त, पदम राज ओझा,राजेन्द्र रावल,रबिन रिजाल,जिबन सुनारलाई चादिको जेटि रत्न प्रदान गरिएको थियो ।कार्यक्रमको संचालन राजेन्द्र रावलले गरेका थिए ।