जनसम्पर्क समिति साउथ अस्ट्रेलियाको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

जनसम्पर्क समिति साउथ अस्ट्रेलियाको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न



अस्ट्रेलिया।

जनसम्पर्क समिति साउथ अस्ट्रेलियाको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ। १०५ औ बिपी जयन्ती तथा दशैं, तिहार , नेपाल संवत एवं छठ पर्वको अवसरमा ओकल्याण्ड वेटल्याण्ड रिजर्ब पार्कमा उक्त कार्यक्रम गरिएको थियो। कार्यक्रम संयोजक तथा समितिका उपाध्यक्ष प्रेम पाठकको स्वागत मन्तब्य बाट सुरु भएको सो कार्यक्रममा एनआरएनए साउथ अस्ट्रेलियाका पूर्व संयोजक नबिन कंडेलले विपीलाई सम्झदै “देश अर्को विपी खोजिरहेछ” शिर्षकको कविता बाचन गरेका थिए।

कार्यक्रममा एनआरएनए ओशियानाका पूर्व उपसंयोजक रमेश जोशी साथै कार्यक्रमको लागी मेलबर्न बाट आएका जनसम्पर्क समितिका वर्तमान तथा पूर्व पदाधिकारीहरु दुर्गा आचार्य , सुरेश पोख्रेल लगायतले आउदै गरेको नेपाली पर्वहरु अवसरमा शुभकामना ब्यक्त गर्दै बिपीको राजनीतिक जिबनको स्मरण गरेका थिए।

कार्यक्रममा महिला संघकी केन्द्रिय सदस्य एबं काँग्रेसकी महासमिति सदस्य कविता इटनीले नेपालको राजनीतिक सन्दर्भमा जनसम्पर्क समितिहरुले खेल्न सक्ने भूमिकाको बारेमा केन्द्रित भएर आफ्नो मन्तब्य ब्यक्त गरेकी थिईन। कार्यक्रमको प्रमुख अतिथि तथा नेपाल महिला संघ कि संस्थापक सचिब देबकीराजोपाध्यायले विपीसँग पुनर्बासमा बिताएका राजनीतिक दिनहरुको स्मरण गर्दै विदेशमा समेत विपीलाई सम्झिएकोमा खुशी ब्यक्त गरेकी थिईन। कार्यक्रमका सभापति तथा समितिका अध्यक्ष अर्जुन लम्सालले सम्पूर्ण उपस्थित अतिथि तथा सहभागीहरुलाई शुभकामना ब्यक्त गर्दै कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्णलाई कृतज्ञता ब्यक्त गरेका थिए। कार्यक्रममा साउथ अस्ट्रेलियाका सामाजिक संघ संस्थाका पदाधिकारीहरु तथा  एडीलेडबासी नेपालीहरुको सहभागिता रहेको समितिका सचिब भुवन सापकोटाले जानकारी दिए।