जसपाका पूर्वमन्त्री नै एमालेमा प्रवेश - Himal Post Himal Post
  • २० फाल्गुन २०८१, मंगलवार
  •      Tue Mar 4 2025
Logo

जसपाका पूर्वमन्त्री नै एमालेमा प्रवेश



काठमाडौं- जनता समाजवादी पार्टीका नेता तथा लुम्बिनी प्रदेशका पूर्वकृषिमन्त्री नै नेकपा एमालेमा प्रवेश गरेका छन् ।

पूर्वमन्त्री विजय यादव नेकपा एमालेमा प्रवेश गरेका हुन् । नेकपा एमाले बाँकेको जिल्लास्तरीय प्रशिक्षणमा यादव एमाले प्रवेश गरेका हुन् ।

एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले यादवलाई पार्टीमा स्वागत गरेका छन् ।

यादव जसपाबाट लुम्बिनी प्रदेशसभा सदस्य छन् ।