जसपाका केन्द्रीय सदस्य नै माओवादी प्रवेश - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

जसपाका केन्द्रीय सदस्य नै माओवादी प्रवेश



बुटवल- जनता समाजवादी पार्टी, नेपाल (जसपा)का केन्द्रीय सदस्य एवं पूर्व वन तथा भू–संरक्षण मन्त्री मोहम्मद वकिल मुसलमान नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका छन् ।

पूर्वमन्त्री मुसलमानलाई मंगलबार राति माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड), उपाध्यक्ष कृष्णबहादुर महरा, उपमहासचिव हरिबोल गजुरेललगायतले पार्टीमा स्वागत गरेका हुन् ।

मुसलमान २०६४ सालको पहिलो संविधानसभा सदस्य निर्वाचनमा तत्कालीन मधेसी जनअधिकार फोरम, नेपालबाट तत्कालीन रुपन्देही क्षेत्र नम्बर ७ बाट निर्वाचन जितेका थिए ।