मन्त्री छान्ने जिम्मा पाएका जसपाका तीन शिर्ष नेता छलफलमा, आजै टुङ्गो लाग्ने - Himal Post Himal Post
  • ९ असार २०८३, मंगलवार
  •      Tue Jun 23 2026
Logo

मन्त्री छान्ने जिम्मा पाएका जसपाका तीन शिर्ष नेता छलफलमा, आजै टुङ्गो लाग्ने



काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक सकिएको छ। बैठकले सरकारमा पठाउने मन्त्री छान्ने जिम्मा शीर्ष तीन नेतालाई दिएको छ।

बुधबार बसेको समितिको बैठकले शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने मन्त्री छान्ने जिम्मा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता अशोक राईलाई दिइएको हो।

सत्तारुढ गठबन्धनले मंगलबार मन्त्रालय बाँडफाँटमा सहमति जुटाएको थियो । जसअनुसार जनता समाजवादी पार्टीले भौतिक पूर्वाधारसहित चार मन्त्रालय पाउने टुंगो लागेको छ।

अहिले तीन शिर्ष नेताको बैठक बसेको बताइएको छ । आजै मन्त्री बन्नेहरूको नाम टुंग्याउने तयारी भैरहेको बताइएको छ ।