सहमतिमा बाबुरामले पार्टी छोड्ने, जसपाले बोलायो बिदाई बैठक - Himal Post Himal Post
  • १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
Logo

सहमतिमा बाबुरामले पार्टी छोड्ने, जसपाले बोलायो बिदाई बैठक



काठमाडौं- विभजनउन्मुख जनता समाजवादी पार्टी (जसपा)ले केन्द्रीय समितिको बैठक बोलाइएको छ ।

यही असार २७ र २८ गते बस्ने गरी बैठक आह्वान गरिएको केन्द्रीय कार्यालयका प्रमुख प्रकाश अधिकारीले जानकारी दिए । अधिकारीका अनुसार बैठक वीरगन्जमा बस्नेछ ।

जसपा संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई र कार्यकारी अध्यक्ष उपेन्द्र यादवबीच अब अलग–अलग भएर राजनीतिलाई अघि बढाउने सहमतिबीच बैठक बोलाइएको हो । अध्यक्ष यादवका अनुसार बुधबार भएको दुई अध्यक्षबीचको छलफलपछि पार्टी विभाजन प्रक्रियामा अघि बढेको छ ।

दुई दिनसम्म चल्ने उक्त बैठकमा पार्टी विभाजनको विषय मुख्य एजेन्डा बन्ने बुझिएको छ ।

यस्तै, स्थानीय तह निर्वाचनको समीक्षा, गठबन्धन, सरकारमा दलको कार्यसम्पादन र प्रदेश र प्रतिनिधिसभाको आउँदो निर्वाचनलगायत विषयमा छलफल हुने बुझिएको छ । बैठकमा बाबुराम पक्ष उपस्थित हुन्छ/हुँदैन भन्ने खुलाइएको छैन ।