जसपा विभाजन गर्न बाबुरामले ल्याए नयाँ प्रस्ताव - Himal Post Himal Post
  • २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
Logo

जसपा विभाजन गर्न बाबुरामले ल्याए नयाँ प्रस्ताव



काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले जसपा विभाजन गर्न नयाँ प्रस्ताव ल्याएका छन् ।

उनले मान्छे तानातान र किनबेचको तमासा नगर्न भन्दै भेंडालाई भेंडासँग र बाख्रालाई बाख्रासँग हुन दिनेगरी विभाजन गर्न प्रस्ताव गरेका हुन् । देशमा देखा परेको राजनीतिक संकटले पुरानो विचार, पार्टी र नेतृत्वको सामूहिक विघटन भएको बताएका भट्टराईले नयाँ निर्माणका लागि पुरानो भत्कने पर्ने बताएका छन् ।

अध्यक्ष डा. भट्टराईले समयले देशमा नयाँ ध्रुवीकरण खोजेकाले मान्छे तानाताना र किनबेचको अवस्था आएको बताएका छन् ।

‘अहिलेको राजनीतिक संकट पुरानो विचार, पार्टी र नेतृत्वको सामूहिक विघटनको अभिव्यक्ति हो, नयाँ निर्माणका निम्ति पुरानो भत्कनै पर्छ,’ डा. भट्टराईले भने, ‘समयले नयाँ ध्रुवीकरण खोज्दैछ, अत मान्छे तानातान र किनबेचको तमासा नगरौं, भेडा भेडासँग र बाख्रा बाख्रासँग हुन दिऊँ, हातमिलाएर आआफ्नो बाटो लागौं, हिँडिरहे फेरि भेट हुनेछ ।’