जसपाका दुवै पक्षलाई निर्वाचन आयोगले बोलायो - Himal Post Himal Post
  • २६ बैशाख २०८१, बुधबार
  •      Wed May 8 2024
Logo

जसपाका दुवै पक्षलाई निर्वाचन आयोगले बोलायो



काठमाडौं- विभाजनको डिलमा पुगेको जनता समाजवादी पार्टी (जसपा) नेपालका दुवै पक्षलाई निर्वाचन आयोगले बोलाएको छ ।आन्तरिक मेलमिलापका लागि आयोगले दुवै पक्षलाई बोलाएको हो ।

जसपाको उपेन्द्र यादव पक्षले राजनीतिक दल सम्बन्धी ऐन ४३ र ४४ बमोजिम पार्टीको आधिकारिकतामा दाबी गर्दै आयोगमा निवेदन दिएको थियो ।

यादव पक्षको निवेदनपछि आयोगल महन्थ ठाकुर पक्षलाई १५ दिनभित्र जवाफ दिन भनेको थियो । महन्थ पक्षले जवाफ दिएपछि आयोगले दुवै पक्षलाई छलफलका लागि बोलाएको हो । आयोगले उनीहरूलाई असार २२ गते छलफलका लागि बोलाएको छ ।