नयाँ फिल्ममा जोनी लिभर नदेखिनुको कारण यस्तो - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

नयाँ फिल्ममा जोनी लिभर नदेखिनुको कारण यस्तो



एजेन्सी । बलिउडका ३५० भन्दा बढी फिल्ममका काम गरिसकेका कलाकार जोनी लिभर पछिल्लो समय चलचित्रमा सुताएका छन् । सन् १९९७ मा जन्मेका उनको पहिलो फिल्म ‘लभ ८६’ हो । यो फिल्म सन् १९८६ मा आएको थियो । सोही वर्ष नै उनले अर्को चलचित्र ‘मेन बलवान’मा अभिनय गर्ने मौका पाएका थिए ।

उनको भूमिका अत्याधिक रुचाइए पनि उनलाई धेरै चलचित्रबाट अभिनयको लागि प्रस्ताव आयो । सन् १९९५ पछि उनले एक वर्षमा नै १० भन्दा बढी चलचित्रमा काम गरे । उनै लिभरलाई आजकाल बलिउड फिल्ममा त्यती देख्न पाइदैन ।

उनले पछिल्लो समय चलचित्रमा कम काम गर्नुको उदेश्य खुलाएका छन् । उनले पछिल्लो समय चलचित्र छानेर काम गर्दै आएको बताएका छन् । सधैं एउटै भूमिकामा काम गर्दा आफ्ना प्रशंसकलाई पनि दिक्क लाग्न सक्छ भने उनले चलचित्रको संख्या घटाएका हुन् ।

सन् २०१९ मा उनी अभिनित चलचित्र टोटल धमाल प्रदर्शनमा आएको थियो ।