एकीकृत कम्युनिष्ट पार्टीको संगठन यसरी मीलाईंदै - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

एकीकृत कम्युनिष्ट पार्टीको संगठन यसरी मीलाईंदै



पेसागत संगठनका एउटै महासंघ बन्ने 

विधान मस्यौदा कार्यादलमा भएको छलफलमा शिक्षक, स्वास्थ्यकर्मी, प्राध्यापक, चिकित्सक, निजामति कर्मचारीलगायत पेसागत संगठनलाई एउटै महासंघअन्र्तगत राखेर जनसंगठन बनाउने समझदारी भएको छ ।

त्यस्तै, अनेरास्ववियु, अनेरास्ववियु क्रान्तिकारी, नेपाल टे«ड युनियन महासंघ नेपालको नाम संक्षिप्त बनाउने तयारी छ ।

युवा संघ नेपाल र वाईसिएल एकतापछिको नाम भने के राख्ने टुंगो छैन ।

एमाले र माओवादी पार्टी एकतासँगै जनसंगठनको नाम पनि संशोधन गर्ने समझादारी गरेका छन् ।

एकीकृत पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी हुने भएकाले जनसंगठनका नामबाट पनि पुच्छार हटाएर संक्षिप्त बनाउने विधान मस्यौदा कार्यादलमा समझादारी भएको छ ।

एमालेमा २२ र माओवादीका २४ जसंगठन छन् ।, आजको नयाँ पत्रिकामा यो खबर छ ।