रसुवाको नाकामा 'ज्वाइन्ट एक्सन सेन्टर' - Himal Post Himal Post
  • ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
Logo

रसुवाको नाकामा ‘ज्वाइन्ट एक्सन सेन्टर’



चीनले अन्तर्राष्ट्रिय नाका घोषणा गरेको रसुवागढी केरुङ नाकामा दुवै पक्ष सम्मिलित ‘नेपाल चाइना बोर्डर ल इन्फोर्समेन्ट ज्वाइन्ट एक्सन सेन्टर’ असार अन्तिम सातादेखि सञ्चालनमा छ ।

२३ असारमा रसुवाका सिडिओ चोमेन्द्र न्यौपाने चीनको जिलोङ काउन्टीका प्रमुख गाओ हुइवाईबीच समझदारीपत्रमा हस्ताक्षर भएलगत्तै यो नाका सञ्चालनमा आएको हो ।

‘नेपाललाई आर्थिक भार नपर्ने गरी संयुक्त संयन्त्र बनाएका छौँ, चिनियाँ अधिकारीले त्यसलाई रोलमोडलका रूपमा प्रस्तुत गरेर अन्य नाकामा पनि यस्तै संयन्त्र गठन गर्नुपर्छ भनेका थिए,’ रसुवाका सिडिओ न्यौपानेले भने ।

सीमापार अपराध नियन्त्रण, आतंकवाद नियन्त्रण, सूचना आदनप्रदानलगायत क्षेत्रमा संयुक्त संयन्त्रले काम गरिरहेको उनले बताए । आजको नयाँ पत्रिकामा पर्शुराम काफ्लेले लेखेका छन् ।