जोनसन बेबी पाउडरमा क्यान्सरको तत्त्व - Himal Post Himal Post
  • २५ जेष्ठ २०८३, सोमबार
  •      Mon Jun 8 2026
Logo

जोनसन बेबी पाउडरमा क्यान्सरको तत्त्व



काठमाडौं- बालबालिकाका लागि स्याम्पु, साबुन तथा पाउडर बनाउने कम्पनी जोन्सन एन्ड जोन्सनको बेबी पाउडरमा क्यान्सरको तत्त्व एसबेस्टस फेला परेको छ।

यसपछि कम्पनीले अमेरिकामा ३३ हजार बोतल फिर्ता बोलाएको छ।

अमेरिकी स्वास्थ्य नियामक फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (यूएसएफडीए) ले परीक्षणका लागि केही नमुना लिएको थियो।

यी नमुनामा क्यान्सरको तत्व फेला परेको हो। एजेन्सीलाई उद्धृत गर्दै यो खबर आजको कारोबार दैनिकले छापेको छ।

जोनसन एन्ड जोन्सनको उत्पादन नेपालमा पनि बिक्री वितरण हुँदै आएको छ।