जोन अब्राहम नेपालमा ? - Himal Post Himal Post
  • २२ असार २०८३, सोमबार
  •      Mon Jul 6 2026
Logo

जोन अब्राहम नेपालमा ?



बलिउड अभिनेता जोन अब्राहम नेपाल आउने भएका छन्। अजय कपुरले निर्माण गर्ने नयाँ फिल्म ‘आरएडब्लु-रोमियो अकबर वाल्टर’ फिल्मको सुटिङ नेपालमा पनि हुने भएकाले उनी सुटिङका लागि नेपाल आउने भएका हुन्।

६० दिने सुटिङ तालिकासहित फ्लोरमा जान लागेको सो फिल्मको महत्वपूर्ण भाग भारतको गुजरात, जम्मु कश्मिर तथा नेपालका केहि शहरहरूमा छायाँकन गरिने खबर ‘टाइम्स अफ इन्डिया’ले प्रकाशित गरेको छ।

फिल्मको सुटिङ जुनको पहिलो साता गुजरातबाट सुरू हुनेछ।

फिल्मलाई रोबी ग्रेवालले गर्दैछन्। फिल्ममा जोन विभिन्न अवतारमा देखिनेछन्। नेपालमा कुन कुन ठाउँमा फिल्मको छायाँकन गरिनेछ भन्ने बारेमा भने केहि खुलाइएको छैन्।

जोन यतिबेला आफ्नो होमप्रोडक्सन फिल्म ‘परमाणु: द स्टोरी अफ पोखरन’को प्रचारमा व्यस्त छन्। फिल्म भोलि शुक्रबार रिलिज हुँदैछ।