जिसस बैतडीमा काँग्रेस माओवादी केन्द्र गठबन्धन विजयी - Himal Post Himal Post
  • २३ आश्विन २०८१, बुधबार
  •      Wed Oct 9 2024
Logo

जिसस बैतडीमा काँग्रेस माओवादी केन्द्र गठबन्धन विजयी



बैतडी, ३० साउन ।

जिल्ला समन्वय समिति बैतडीमा नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)को गठबन्धन विजयी भएको छ ।

जिल्ला समन्वय समितिको संयोजकमा काँग्रेसका सिद्धराज भट्ट र दलित तथा अल्पसङ्ख्यक सदस्यमा काँग्रेसका टेक लुहार गत २३ गते नै निर्विरोध निर्वाचित भए पनि अन्य पदका लागि आइतबार चुनाव भएको हो ।

आइतबार भएको निर्वाचनमा उपसंयोजकमा नेकपा (माओवादी केन्द्र)बाट धनबहादुर बोहरा, तीनजना खुला सदस्यमा काँग्रेसका तर्फबाट रमेशबहादुर बोहरा, लालबहादुर चन्द र जगुवा भण्डारी विजयी भएका छन् भने महिला सदस्यका लागि नेपाली काँग्रेसका हरु जोशी , गीता जोशी तथा नेकपा (माओवादी केन्द्र)का कुमारी हेमा भट्ट कपाडी विजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

नेपाली काँग्रेस र माओवादी केन्द्र मिलेर २० मतमध्ये १२ मत र एमालेसँग आठ मत थियो । रासस